रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २२, मंगलबार १४:५२

विराटनगर । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज (मंगलबार) जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको छ ।

लामिछाने साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका छन् । मुद्दामा उनीसहित १५ जनालाई प्रतिवादी बनाइएको छ । सरकारीको रकम हिनामिनामा ६ वटा संस्थाविरुद्ध पनि अभियोग पत्र दायर भएको छ ।

मुद्दामा लामिछानेसहित रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठलगायत प्रतिवादी छन् । लामिछानेविरुद्ध सहकारी ठगीमा मात्रै मुद्दा दायर भएको छ ।

अन्य १२ जनालाई संगठित अपराध कसुरमा पनि मुद्दा दर्ता गरिएको छ । साहारा चितवन सहकारीको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको छ ।

सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने राय प्रहरीले दिएको थियो । यसअघि गत असोज ८ गते पनि १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ।

सहकारीका अध्यक्ष जीबी (गितेन्द्रबाबु) राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भूपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्रबाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

यसअघि सहकारीकै रकम अपचलनसँग सम्बन्धित मुद्दामा लामिछानेलाई विभिन्न अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । सुरुमा कास्कीको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख, त्यसपछि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा ६५ लाख र रुपन्देहीको सुप्रिम सहकारीको मुद्दामा १ करोड धरौटी बुझाएर उनी छुटिसकेका छन् ।

लामिछानेविरुद्ध वीगगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान भएको थियो । चितवनपछि उनीविरुद्ध वीरगञ्जमा पनि मद्दा दर्ता गर्ने तयारी रहेको स्रोतले बतायो ।

तपाइको प्रतिक्रिया
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
भुटानी शरणार्थी र राजनीतिक बन्दीको विषय उठाउन आग्रह
भन्सार छली सुन लैजान खोज्ने चिनियाँ नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.