कानुन व्यवसायी परिषद्को निर्वाचनमा मतदान जारी

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २६, शनिबार १२:१९

विराटनगर । नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)को पार्षद चयनका लागि गरिएको निर्वाचनमा अहिले मतदान जारी छ ।

पार्षद चयनका लागि आज (शनिबार) बिहान १० बजेबाट मतदान सुरु भएको हो । अपरान्ह ४ बजेसम्म मतदान हुने छ । परिषद्को पार्षदमा ७ वटै प्रदेशबाट १–१ जना निर्वाचित हुने प्रावधान छ ।

निर्वाचनका लागि ७ वटा प्रदेशबाट १४ जनाको उम्मेदवारी दर्ता भएको थियो । प्रत्येक प्रदेशमा २–२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनका लागि नेकपा (एमाले) निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र)निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट पीएलए, मोहन वैद्यनिकट एनपीएलए र जनता समाजवादी पार्टी (जसपा)निकट एफएलएसहितको ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ गठबन्धन बनेको छ । नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी)निकट एसपीएलएको अर्को गठबन्धन छ ।

कोशी प्रदेशमा १ जना पार्षदका लागि २ जना प्रतिस्पर्धामा छन् । कोशीमा प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धनबाट बालकृष्ण आचार्य तथा डीएलए–एसपीएलए गठबन्धनबाट राजु ढकालबीच प्रतिस्पर्धा हुने छ ।

कोशीमा बार काउन्सिलको निर्वाचनका लागि इलाम, गाईघाट, झापा, धनकुटा र विराटनगरमा मतदान जारी छ । नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिलं)ले कानुन व्यवसायीको लाइसेन्स वितरण तथा खारेजी, कानुनी शिक्षा, कानुन व्यावसायीको आचारसंहितालगायतका क्षेत्रमा काम गर्छ ।

कानुन व्यवसायी परिषद्को निर्वाचन आज, कोशीमा आचार्य र ढकाल प्रतिस्पर्धामा

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.