
झापा । झापाको शिवसताक्षी नगरपालिका-८ स्थित बुद्धचोकमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका-३ निवासी २१ वर्षीय साहित गजमेर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ करिब ५:१५ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धचोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ८०३५ नम्बरको कारले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ३३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएका गजमेरको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।



















