जेभियर्स स्कुलले विभिन्न कार्यक्रम गरी मनायो वार्षिकोत्सव 

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ माघ २६, शनिबार १९:०९

विराटनगर ।  मोरङको बुढीगंगा गाउँपालिका–२ मा रहेको जेभियर्स इङ्ग्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको छ । 

स्कुलले शनिबार (आज) स्कुल परिसरमा विभिन्न कार्यक्रम गरी १० औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो ।  

कार्यक्रमका प्रमुख अतिथि बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगरले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै सीपमुलक शिक्षा दिएर अगाडि बढ्नु पर्ने बताए ।

उनले व्यवहारिक शिक्षासँगै विद्यार्थीहरूलाई नैतिक शिक्षा दिएर विद्यालयहरू अघि बढ्नु पर्नेमा जोड दिए । 

विद्यालयका प्रिन्सिपल परेश पोखरेलले विद्यार्थीहरूलाई प्रविधियुक्त शिक्षासँगै गुणस्तरीय शिक्षा दिएको बताए । उनले गुणस्तरीय शिक्षा दिएको कारणले जेभियर्स स्कुलले राष्ट्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गरेर अगाडि बढेको बताए । 

विद्यालयकी अध्यक्ष सरिता राना मगर, संचालकहरु सीएम रिजाल, रेवन्त श्रेष्ठलागयतले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा विद्यालयले कुनै पनि कसुर बाँकी नराखेको बताए । 

सोही अवसरमा विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्यो । यसरी सम्मानित हुनेमा दिया थापा मगर र कुशल बिक छन् ।

कक्षा १२ मा अध्ययनरत कुशलले २०८० सालको वार्षिक परीक्षामा उत्कृष्ट जीपीए ल्याउँदै बुढीगंगा गाउँपालिका भरीमा प्रथम भएका थिए । दियाले एसइईको परीक्षामा ३.७० जीपिए ल्याएर उत्कृष्ट भएकी थिइन् । 

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि मगरले कदरपत्रले सम्मान गरे । विद्यालयका खेल प्रशिक्षक प्रभाकर राना मगरलाई पनि सम्मान गरिएको थियो । 

त्यस अवसरमा विद्यार्थीहरूले नृत्य र गीत प्रस्तुत गरेका थिए । नर्सरीदेखि कक्षा ११ सम्म पढाइ हुने स्कुलमा करिब १ हजार विद्यार्थी छन् । 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.