
काठमाडौं । राजतन्त्र पुर्स्थापनाको आवाज चर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् । करिब एक महिना पोखरा बसाईपछि फागुन २५ गते काठमाडौं फर्किएका उनी फेरि पुर्ख्यौली थलो गोरखा जानेछन् ।
गोरखा शाह वंशीय राजतन्त्रको उद्गमथलो हो । गोरखा पुगेर मनकामनासहित मठमन्दिरमा पूजाअर्चना गर्ने तयारी छ ।
शाहका संवाद सचिव डा. फणीराज पाठकले बुधबार सूचना जारी गर्दै यसैसाता पूर्वराजा शाह गोरखनाथ, गोरखकाली र मनकामना मन्दिरमा पूजाअर्चना गर्न जान लागेको जानकारी दिए ।
पूर्वराजा पोखराबाट काठमाडौं फर्कने क्रममा गत फागुन २५ गते भएको प्रदर्शनबाट हौसिएका राजावादीहले राजसंस्थाका लागि आन्दोलन घोषणा गरेका छन् ।
























