भदौ १२ गतेबाट कोशेढुंगा

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख १५, सोमबार १०:०६

विराटनगर । पूर्णबहादुरको सारंगीका निर्देशक सरोज पौडेलले निर्देशन गरेको फिल्म कोशेढुंगा भदौ १२ गते रिलिज हुने भएको छ ।

फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै निर्माण युनिटले भदौ १२ गते रिलिज गर्ने बताएको हो । फिल्म फिल्मको पोस्टरमा फिल्मकी मुख्य कलाकार सुरक्षा पन्त फिचर्ड छिन् ।

सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउँवाला गौतम, दिनेश काप्mले, शेखर चापागाईं, सिरु विष्ट,उद्धव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायतका कलाकारले अभिनय गरेको फिल्म नरदेवी फिल्म्सको ब्यानरमा प्रेविल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत, बाबु श्रेष्ठको डीओपी र नहकुल खड्काको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×