बेलबारीका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख ३१, बुधबार १८:५६

विराटनगर । मोरङको बेलबारी नगरपालिकाभित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ सय ७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

चाइना फाउन्डेसन फर रुलर  डेभलपमेन्टको सहयोगमा न्यू लाइट फाउन्डेसन र एकीकृत हातेमालो समाजको समन्वयमा विद्यालय स्तरका बालबालिकालाई झोलासहित शैक्षिक सामग्री वितरण गरिएको हो ।

विशेषगरी आर्थिक रूपमा कमजोर, दलित र जेहनदार विद्यार्थीलाई लक्षित गर्दै सामग्री वितरण गरिएको एकीकृत हातेमालो समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरीले जानकारी दिए ।

‘कतिपय विद्यार्थीलाई किताब कापी हातमै बोकेर विद्यालय आउनुपर्ने बाध्यता थियो,’ गिरीले भने, ‘अब उनीहरूको पठनपाठन सहज हुने विश्वास लिएको छौँ ।’

श्री किसान आधारभूत विद्यालय, श्री रामजानकी आधारभूत विद्यालय, श्री देवकोटा आधारभूत विद्यालय, श्री रणपाल विद्यालय, श्री एकता आधारभूत विद्यालय र श्री महेन्द्र आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री वितरण गरिएको न्यू लाइट फाउन्डेसनका प्रबन्धक आसिफ हसनले जानकारी दिए ।

‘किताब कापी हातमा बोकेर आएका ती बालबालिकाले झोलामा सामग्री राखेर फर्किंदा अनुहारमा देखिएको खुसी हाम्रा लागि पनि प्रेरणादायी बन्यो,’ हसनले भने ।

विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर अधिकारीले झोला पाएपछि विद्यार्थी पठनतर्फ झन् आकर्षित हुने विश्वास व्यक्त गरे । ‘झोला र सामग्री पाएपछि बालबालिकामा विद्यालयप्रति आकर्षण बढेको देखिएको छ,’ उनले भने, ‘सहयोग गर्ने सबै संघसंस्थाप्रति आभार व्यक्त गर्दछु ।’

झोला वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुखाराम भगत, बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइराला, वडा नम्बर ६ का वडाध्यक्ष डिल्लीबहादुर कटुवालसहित अभिभावक तथा स्थानीय प्रतिनिधिको उपस्थितिमा शैक्षिक सामग्री वितरण गरिएको थियो ।

समाजले मोरङको बाहुनी, तेतरिया, मोतीपुर, बेलबारी लगायतका स्थानमा विगतदेखि नै शैक्षिक सामग्री वितरण गर्दै आएको थियो । त्यस्तै समाजले ज्येष्ठ नागरिकका ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको भवनसमेत निर्माण गरेको छ ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.