एसईई ग्रेडका आधारमा नयाँ भर्ना लिइने

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १, बिहीबार १४:३६

काठमाडौं । प्रमाणपत्र तहको स्वास्थ्य, इन्जिनियरिङ र कृषि लगायतका विषय अध्ययनका लागि अबदेखि विद्यार्थीले प्रवेश परीक्षा नै दिनु नपर्ने भएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले एसईईको ग्रेडिङका आधारमा नयाँ भर्ना लिने निर्णय गरेको हो । प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण कम भएर शिक्षण संस्थाहरू नै बन्द हुने अवस्था आएको भन्दै सीटीईभीटीले पहिलोपटक एसईईको ग्रेडिङका आधारमा भर्ना हुन पाउने नयाँ व्यवस्था गरेको हो ।

सीटीईभीटी अन्तर्गतका आंगिक, साझेदारी, निजी र सामुदायिक गरी ११ सय ८२ वटा शिक्षण संस्थामा प्रमाणपत्र तहको प्राविधिक धारको पठनपाठन हुन्छ । ती संस्थामध्ये नर्सिङ, एचए, फार्मेसी लगायतका स्वास्थ्यमा २५ हजार र इन्जिनियरिङमा १५ हजारभन्दा बढीले प्रत्येक वर्ष प्रवेश परीक्षा दिइने गरेका छन् ।

स्वास्थ्य, इन्जिनियरिङ, कृषि, वन, पशुपालन लगायतका विषय अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण भई मेरिटका आधारमा भर्ना हुन पाउने व्यवस्थालाई अन्त्य गर्दै सीटीईभीटीले अबदेखि एसईई नतिजाको ग्रेडिङको आधारमा सिधै भर्ना हुन पाउने व्यवस्था गरेको छ ।

शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षमा बसेको सीटीईभीटीको वैशाख २६ गतेको बैठकले प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढाउन एसईईमा प्राप्त ग्रेडका आधारमा योग्यताक्रमको सूची प्रकाशन गरी सिधै भर्ना गर्न सक्ने निर्णय गरेको हो ।

सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेको भए थप १ अङ्क र निजी विद्यालयबाट भए ०।८५ अंक थप गरी विद्यार्थीको योग्यताक्रम निर्धारण गर्ने व्यवस्था गरिएको छ ।

प्राविधिक शिक्षा अध्ययनका लागि सामुदायिक र निजी विद्यालयबाट एसईईको नतिजाको आधारमा विद्यार्थी भर्नामा गरिएको विभेदप्रति निजी शिक्षण संस्था सञ्चालकहरूले भने असहमति जनाएका छन् । प्राविधिक धारका शिक्षण संस्था सञ्चालकहरूले भने प्रवेश परीक्षाको व्यवस्था हटाइएकोमा स्वागत गरेका छन् ।

तपाइको प्रतिक्रिया
मंसिर ९ गतेदेखि आत्मानन्द गोल्डकप, ८ टिमको सहभागिता
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.