
काठमाडौं । राष्ट्रियता र नैतिक मूल्यमा आधारित विद्यार्थी सशक्तीकरणका लागि आयोजित एक साता लामो “मिसन कर्तव्यपथ” कार्यक्रम समापन भएकाे छ ।
ईगल थिङ्क ट्याङ्क अन्तर्गत अन्तर्राष्ट्रिय मामिला विभागका निर्देशक तथा स्रोत व्यक्ति, पूर्वकर्णेल दिरेन्द्र मल्लले तालिमका क्रियाकलाप तथा प्रशिक्षण मोड्युलहरूलाई प्रस्तुत गरे । बुधबार समापन भएकाे कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियाे ।

कार्यक्रम अन्तर्गत उत्कृष्ट रूपमा सञ्चालन भएकाे पहिलो संस्करणको “ईगल आई अनलाइन क्विज प्रतियोगिता” मा जुम्ला जिल्लाकी सीता महत प्रथम घोषित भइन् । साेही अवसरमा “सर्वध्वज उत्साह पुरस्कार – २०८२” विजेताहरूलाई प्रमाणपत्र, नगद पुरस्कार तथा उपयोगी पुस्तक प्रदान गरियाे ।
मिसन कर्तव्यपथ परियोजनाका प्रमुख संरचनाकार पूर्वसैनिक सहचारी अवकाशप्राप्त ब्रिगेडियर जनरल रामचन्द्र खत्रीले विजेताहरूलाई पुरस्कार हस्तान्तरण गरे ।
साेही क्रममा “सर्वध्वज उत्साह पुरस्कार – वि.सं. २०८२” को स्थापनामा अग्रसरता लिएका अवकाश प्राप्त नेपाली सैनिक मेजर राजेश गुरुङलाई धन्यवाद ज्ञापन गरिएकाे थियाे ।



























