एसईईमा बिकेभिएम जिल्ला उत्कृष्ट

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १५, आइतबार ०७:४२

विराटनगर । विराटनगरको बाल कल्याण विद्या मन्दिर (बिकेभिएम) एसईई परीक्षामा मोरङ जिल्लामा उत्कृष्ट भएको छ ।

जिल्ला शिक्षा समन्वय इकाई विराटनगरका अनुसार एसईई परीक्षाको नतिजामा बिकेभिएम मोरङ जिल्लाभर उत्कृष्ट भएको जनाएको छ।

इकाईका अनुसार शुक्रबार राति निस्किएको नतिजा अनुसार मोरङमा बिकेभिएमका ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् । मोरङबाट १८ जना विद्यार्थीहरूले ४ जीपीए ल्याएका छन् ।

बिकेभिएमका अभियान राजवंशी, गौरव झा, मौलिक ढकाल, नैतिककुमार पोद्दार, प्रिन्सा साह र स्नेहलराज साहले ४ जीपीएका हुन् ।
बिकेभिएमबाट २ सय ७१ जना विद्यार्थीले परीक्षा दिएका थिए ।

जस अनुसार २ सय १४ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए, ५३ जनाले ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए ल्याए ।

यसैबीच, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विद्यालयले सम्मान गरेको छ। विद्यालयका प्रिन्सिपल रविनकुमार दाहालले विद्यार्थीको लगन र मेहनतले नतिजा राम्रो आउन सकेको बताए ।

त्यसैगरी, सामुदायिक विद्यालय विराटनगरको आदर्श माविका ४ जना, विराटनगरको एभरेस्ट स्कुल र पथरीशनिश्चरेको बाल्मिकी मेमोरियल स्कुलका २–२ जना, विराटनगरको सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुल, जेम्स इन्टरनेसनल सेकेन्डरी बोर्डिङ स्कुल र विराटनगरको कान्तिपुर सेकेन्डरी स्कुलका १–१ जनाले ४ जीपीए ल्याएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.