
विराटनगर । एएफसी महिला एसियन कप २०२६ को छनोटको निर्णायक खेलमा नेपालले उज्बेकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
समूह एफमा रहेका दुवै टोलीको दुई खेलपछि समान अङ्क रहेको छ। दुई टोली बीच आज हुने खेलको नतिजाले अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताका लागि छनोट हुने टोलीको टुङ्गो लाग्रेछ ।
सो खेल बुन्योडकोर स्टेडियममा नेपाली समयअनुसार राति ९ बजेर १५ मिनेटमा सुरु हुनेछ ।
नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोल अन्तरले हराएको थियो । दोसो खेलमा श्रीलंकालाई ८– ० ले हराएको थियो ।
आयोजक उज्बेकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई १०–० गोल अन्तर र दोस्रो खेलमा लाओसलाई ७–० गोल अन्तरले पराजित गरेको थियो ।

























