भुटानसँग दाेस्राे खेल खेल्दै नेपाल

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण ३, शनिबार ०७:३९

काठमाडौं । साफ यू– २० महिला च्याम्पियनसिपमा नेपालले आज भुटानसँग खेल्दै छ ।

बंगलादेशमा जारी डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालको भुटानसँग यो दोस्रो भेट हो । खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

Advertisement

नेपालले आफ्नो पहिलो खेलमा गत शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा आइतबार बंगलादेशसँग ३–२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकासँग तेस्रो र चौथो खेलमा समान ७–० गोलअन्तरको जित निकालेको थियो । भुटानले भने हालसम्म नेपालसँग १ खेलमा तथा बंगलादेशसँग २ खेलमा हार बेहोर्दा श्रीलंकालाई हराएको छ ।

प्रतियोगितामा बंगलादेश ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा छ । ४ खेलमा ९ अंक भएको नेपाल दोस्रो र ३ अंक मात्र भएको भुटान तेस्रो स्थानमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले अन्तिम खेलमा सोमबार बंगलादेशसँग खेल्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.