
अमेरिका । अमेरिकाको न्यूयोर्कमा गोली चल्दा १ जना प्रहरी अधिकारीसहित ४ जनाको मृत्यु भएको छ । गोली लागेर १ जना प्रहरी घाइते भएका छन् ।
५ जनालाई गोली लागेकोमा ४ जनाको ज्यान गएको र १ जनाको उपचार भइरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मेयर एरिक एडम्सले मृत्यु हुनेमा न्यूयोर्कका १ प्रहरीसमेत रहेको बताए ।
सीबीएसको रिपोर्ट अनुसार ड्युटीमा नभएका र भवनमा सुरक्षाकर्मीको रूपमा काम गरिरहेका २ न्यूयोर्क प्रहरी अधिकारीहरूलाई पनि गोली लागेको छ । १ जना घाइते छन् । अवस्था गम्भीर छ ।
शेन डी तामुरा नामका व्यक्तिले गोली चलाएको त्यहाँको प्रहरीले जनाएको छ । सीबीएस न्यूजले बन्दुकधारीको तस्बिर सीसीटीभी क्यामेरामा कैद भएको जनाएको छ । घटनाबारे विििभन्न कोणबाट अनुसन्धान भइरहेको छ ।

























