विराट मेडिकल कलेजले सीसीयूमा थप्यो १६ शैय्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर २१, आइतबार १८:५८

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका– २ मा रहेको विराट मेडिकल कलेज टिचिङले सीसीयूको बेड विस्तार गरेको छ । ९ शैयामा रहेको सीसीयूलाई विस्तार गरी २५ शैय्याको बनाएको हो ।

अस्पतालको दोस्रो तल्लामा रहेको सीसीयूमा ४ वटा क्याबिन पनि राखिएका छन् ।

अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर प्रशान्त साह र मुटु रोग विशेषज्ञ डाक्टर माधव विष्टले रिबन काटेर सीसीयूको उद्घाटन गरेका थिए ।

विराटको सीसीयू ९ शैय्या थियो । १६ शैय्या विस्तार गरी २५ शैय्या बनाइएको अस्पताल प्रशासनले जनाएको छ ।

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा पछिल्लो समय मुटुको विरामी बढ्दो क्रममा छन् । अस्पतालमा दैनिक १४० भन्दाबढी विरामीले सेवा लिइरहेका छन् । विराटमा कोरोनरी एन्जियोग्राफी, एन्जियोप्लास्टी, परमानेन्ट पेसमेकर इम्प्लान्टेसन र पिटिएमसी लगायतको उपचार हुनेगरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.