कार्यकर्तासँग डरायो एमाले : पार्टी र नेतृत्वविरुद्ध नबोल्न निर्देशन

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ३, सोमबार १८:१७

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले नेता र पार्टी नेतृत्वविरुद्ध नबोल्न निर्देशन जारी गरेको छ । कार्यकर्तासँग डराएको एमालेले आचारसंहिता जारी गर्दै पार्टी र नेतृत्वविरुद्ध नबोल्न निर्देशन दिएको हो ।

शनिबार बसेको प्रदेश कमिटी बैठकले १३ बुँदे आचारसंहिता जारी गरेको छ, जसमा पार्टी नीति, नेतृत्व र निर्णय विरुद्ध बोल्न र कार्य गर्न नहुने उल्लेख छ ।

प्रदेश कमिटीले फेसबुक वा सामाजिक सञ्जाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित गरि लेख्न नहुने र गोपनीयता भंग हुनेगरी अनाधिकृत रूपमा मिडियामा सम्प्रेषण नगर्न पनि भनेकाे छ ।

यस्तो छ आचारसंहिता

१, पार्टीको निती बिधी, बिधान, पद्धति र संस्थागत प्रणाली भन्दा बाहिर जान र कुनैपनि कार्य गर्न नहुने ।

२, गुटबन्दीपुर्ण गतिबिधी र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरु गर्ने काम गर्न नहुने ।

३, पार्टी निती, नेतृत्व र निर्णयको बिरुद्व बोल्न र कार्य गर्न नहुने ।

४, पार्टीमा कोही कसैप्रति भेदभाव वा निषेध गर्न नहुने ।

५, पार्टीलाई क्षति वा नोक्सान पुग्ने गरी घात, अन्तर्घात गर्न नहुने ।

६, फेसबुक वा सामाजिक संजाल मार्फत पार्टीका नेता तथा कार्यकर्तालाई लक्षित वा इंगित गरी लेख्न नहुने। गोपनियता भंग गरी अनधिकृत रुपमा मिडियामा संप्रेषण गर्ने कार्य गर्न नहुने ।

७, ठाउँ कु ठाउँ पार्टी नेता र कार्यकर्ता लक्षित वा इंगित बोल्न नहुने ।

८, कोही कसैका बारेमा कुरा लाउदै र धाउदै हिडने खेती गर्न नहुने ।

९, कुनैपनि अन्तरबिरोधमा खेलेर वा हात हालेर नेता कार्यकर्ताहरुलाई बिवादमा मुछन वा बिभाजीत गर्ने कार्य गर्न नहुने ।

१०, ब्यक्तिगत स्वार्थ र महत्वकांक्षा पुरा गर्ने माध्यमको रुपमा नेता वा कार्यकर्तालाई प्रयोग गर्न नहुने ।

११, आर्थिक र नैतिक आचरण भ्रष्ट हुने कार्य गर्न नहुने ।

१२,जनताले उचित नठान्ने, प्रचलित कानुन प्रतिकुल सामाजिक, नैतिक दृष्टिले अनुचीत र अपारदर्शी काम गर्न नहुने ।

१३, कुनैपनि नेता कार्यकर्ता वा सदस्यले तोकिएको कार्यक्षेत्र र जिम्मेवारीमा रहदा आफु रहेको कमिटीको निर्णयहरुको जानकारी गराउने, सिर्जनात्मक ढंगले लागु गराउने, सहजकर्ता, प्रशिक्षक र समन्वयकर्ताको रुपमा र साँगठानिक मामिलामा गाँठो फुकाउने अभिभावकको भुमिकाको काममा बाहेक अन्य काममा अनावश्यक चासो, संलग्नता वा हस्तक्षेप गर्ने कार्य गर्न नहुने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.