विराटनगरमा करेन्ट लागेर महिलाको मृत्यु

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ४, मंगलबार ११:३४

विराटनगर । विराटनगरमा करेन्ट लागेर सोमबार साँझ एक जना महिलाको मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–१४ जतुवाकी ४२ वर्षीया सरीतादेवी यादवको मृत्यु भएको हो । घरको कलमा जडान गरिएको मोटरबाट अचानक करेन्ट लागेर साँझ ५ः३० बजेतिर उनी गम्भीर घाइते भएकी थिइन् ।

उपचारका लागि गोल्डेन अस्पताल पुर्याउनसाथ चिकित्सकले साँझ ६ः१५ बजेतिर मृत घोषित गरेका हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.