दमकको भ्यू टावरबारे प्रधानमन्त्री ओली : ‘टावर होइन, ट्रेड सेन्टर हो’

Share this
714shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार १८:३४

काठमाडौं । झापाको दमकमा भ्यू टावर नभइ ट्रेड सेन्टर बनेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बिहीबार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा रास्वपाकी सांसद निशा डाँगीले गरेको प्रश्नमा प्रधानमन्त्री ओलीले भ्यू टावर नभएर दमकमा ट्रेड सेन्टर बनेको बताएका हुन् ।

‘दमकमा एउटा विजनेश कम्प्लेक्स बनेको छ । अलिक अग्लो रहेको छ । त्यसकारण त्यसलाई टावर र भ्यु टावर भने’ प्रधानमन्त्री ओलीले भने, ‘तर, त्यो भ्यू टावर होइन । भ्यू टावर बनाउन अबौं खर्च कसैले गर्दैन, त्यो विजनेश कम्प्लेक्स हो ।’

साढे सात रोपनीमा कम्प्लेक्स बनेको र त्यसमा ६ वटा लिफ्ट रहेको उल्लेख गर्दै उनले थपे, ‘हरेक तलामा विभिन्न प्रकारका विजनेश चल्न सक्छन् । हस्पिटल, होटल, आइटी पार्क बन्न सक्छन् ।’ उनले फेरि भने,‘दमकको लागि अहिले झापा ट्रेड सेन्टर भनेर बुझ्दा हुन्छ ।’

कम्प्लेक्सको लागत १ अर्ब ७९ करोड ४८ लाख रहेको उनले बताए । ४५ मिटरसम्म जग रहेको उल्लेख गर्दै उनले सयौं वर्षसम्म प्रतिफल दिइरहने बताए ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.