सर्वोच्चले रोक्यो प्रहरी अधिकारीको अवकाश (आदेशसहित)

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ६, बिहीबार २०:०५

काठमाडौं । सर्वोच्च अदालतले प्रहरी अधिकारीको अवकाश तत्काललाई रोकेको छ । सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश हरि फुयाँलको इजलासले तत्काललाई प्रहरीको ३० बर्से सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । भदौ १६ गते अवकाशमा जान लागेका २१ जना प्रहरी अधिकारीले रिट दायर गरेका थिए ।

सर्वोच्चले अवकाश नदिन आदेश गरेसँगै उनीहरुको अवकाश तत्काललाई रोकिएको छ । रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले विपक्षीसँग लिखित जवाफसमेत माग गरेर आगामी असोज १० गते पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको छ ।

यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै इजलासले उनीहरुको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश गरेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहितका २१ प्रहरी अधिकारीले आफूहरुलाई ३० बर्से सेवा अवधिका आधारमा १६ भदौमा अवकाशमा पठाउन खोजिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्चमा बुधबार रिट दायर गरेका थिए ।

यस्तो छ आदेश

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.