
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे बस्ने भएको हो ।
साउन २८ गते स्थगित भएको बैठक आज पुनः पार्टी कार्यालयमा बस्न लागेको पार्टी कार्यालयले जनाएको छ । गत साउन २३ गतेबाट सुरु भएको बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयमाथि बोल्ने क्रम जारी छ । आजको बैठक त्यहीँबाट सुरु हुने जनाएको छ ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माको प्रस्तावले काँग्रेसको आन्तरिक राजनीति हलचल ल्याइदिएको बताइएको छ ।

























