खोलामा डुबेर २ बालकको मृत्यु

Share this
824shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ८, शनिबार १३:२१

खोटाङ । खोटाङमा विद्यालयबाट घर फर्कदै गरेका दुई जना बालकको खोलामा डुबेर मृत्यु भएको छ ।

ऐँसेलुखर्क गाउँपालिका–१ का ९ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको मृत्यु भएको खोटाङका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम खड्काले बताए । दुवै बालक जनहित आधरभूत विद्यालयमा अध्ययनरत थिए । राज कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

स्कुलबाट फर्कने क्रममा ऐँसेलुखर्क–१ राखावाङदेलस्थित चङखु खोलामा डुबेर शुक्रबार दिउँसो उनीहरुको मृत्यु भएको डीएसपी खड्काले बताए । उनका अनुसार बालकहरु नुहानलाई खोलामा छिरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

नुहाउने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.