
विराटनगर । विराटनगर महानगरपालिका–१० मा रहेको शिक्षादीप स्कुलले आइतबार श्रीकृष्ण जन्माष्टमी मनाएको छ ।
स्कुलमा एक कार्यक्रमको आयोजना जन्माष्टमी मनाइएको हो । नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न भेषभूषा लगाएर राधा–कृष्णको नृत्य देखाएका थिए ।
कार्यक्रममा विद्यार्थी, अभिभावक र शिक्षकहरुको उपस्थिति थियो । कार्यक्रमले विद्यार्थीमा भएको क्षमता विकास हुने स्कुलका कार्यक्रम संयोजक गणेश गौतमले बताए ।

























