
विराटनगर । विराटनगरमा सर्पले टोकेर मंगलबार बिहान एक जना महिलाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१८ भेडियारीकी २७ वर्षीया रुपादेवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार रुपादेवीलाई आँगनमा फुल टिप्ने क्रममा बिहान ४ बजेतिर सर्पले टोकेको खुलेको छ ।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको बस्नेतले बताए ।
उनका अनुसार रुपादेवीलाई कुन सर्पले टोकेको हो भनेर खुल्न सकेको छैन । उपचारमा संलग्न चिकित्सकले सर्पले टोकेको जानकारी दिएको उनको भनाइ छ ।























