हरिपुरबाट तीनसय ३६ किलो गाँजा बरामद

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ ११, मंगलबार १८:११

विराटनगर । प्रहरीले सुनसरीको कोशी गाउँपालिकामा तीन सय ३६ किलो गाँजा बरामद गरेको छ । आज बिहान कोशी गाउपालिका वडा– ८ हरिपुरबाट तिनकुने तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एचआर २६ बि ०९९०४ नम्बरकाे स्कारपियोमा तीन सय ३६ किलो गाँजा बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी अधिकृतको टोलीले चेकजाँच गरेको देख्नासाथ चालक भने गाडी छाडेर भागेका थिए । प्रहरीले चेकजाँच गर्दा कालो, सेतो, हरियो प्लाष्टिकले बेरेर राखेको १० बोरामा गाँजा बरामद गरेकाे थियाे ।

आजै सुनसरीको धरान उपमहानगरपालिका– १३, आँपगाछीस्थित कोशी लोकमार्गबाट १५ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार धनकुटाबाट धरान तर्फ आउँदै गरेको को १ ख २०९६ नम्बरको हायस भ्यान चेकजाँच गर्दा धनकुटा नगरपालिका– ७ का २२ वर्षीय सन्देश राई गाँजासहित पक्राउ परेका हुन् ।

६ भदौमा सुनसरीको धरानमा १४ क्वीन्टल गाँजा बरामद भएको थियो । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा मुलाको बोरासँगै लोड गरिएको अवस्थामा ४४ बोरा गाँजा (१ हजार ४ सय २० किलो) बरामद गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.