कोशी अस्पताल आएका मन्त्रीलाई सेवाग्राहीले घेरे

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १३, बिहीबार १८:००

विराटनगर । विराटनगरको कोशी अस्पताल निरीक्षणका लागि आएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप
पौडेललाई सेवाग्राहीले घेरेका छन् । बिहीबार अस्पताल निरीक्षणका लागि आएका मन्त्री पौडेललाई बिरामीहरूले घेरेका हुन् ।

अस्पतालमा सेवाका लागि लाइनमा बसिरहेका बिरामीले मन्त्री पौडेलसँग गुणस्तरीय सेवा पाउन कठिन भएको र  सेवा पाउन पनि गाह्रो भएको गुनासो गरे ।  मन्त्री पौडेललाई घेरेर सेवाग्राहीले ‘किन आउनु भएको, जनताको पीर मर्का कहिल्यै बुझ्नुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए । उनीहरूले अस्पतालको सेवा सुधारको माग गरे ।

अस्पतालको निरीक्षण पछि मन्त्री पौडेलले अस्पतालको अवस्था भद्रगोल रहेको बताए । ओपीडीमा भीड रहेको, सेवाग्राहीलाई सेवा लिन समस्या रहेको भन्दै सेवाग्राहीको आवश्यकता अनुसार व्यवस्थापन गर्न निर्देशन दिए ।

उनले अनलाइन प्रणालीमा गएर सेवालाई प्रभावकारी र व्यवस्था गर्न निर्देशन दिए । अनलाइनमार्फत सेवा लिने थोरै हुन्छन् भनेर सेवा नै सुरु गर्न ढिलाई गर्न नहुने भन्दै उनले अनलाइनमार्फत रजिष्ट्रेशन, पेइङ र रिपोर्ट अनलाइन माध्यमबाट नै सुरु गरे सेवा प्रभावकारी, छिटो र छरितो हुने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले कोशी अस्पताललाई मागी खाने भाँडो नबनाउन आग्रह गरे । उनले अनावश्यक रुपमा डाक्टर नियुक्त नगर्न पनि आग्रह गरे ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×