दुई महिनापछि आज बस्दै कोशी प्रदेशसभा बैठक

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १४, शुक्रबार ०७:३७

विराटनगर । कोशी प्रदेशसभाको बैठक आज (शुक्रबार) बस्दैछ । असार ८ गतेदेखि स्थगित प्रदेशसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

असार ८ को बैठकमा प्रतिपक्षमा बसेको नेपाली कांग्रेस आजको बैठकमा सत्तापक्षमा बस्नेछ । सरकारमा सहभागी हुने निर्णय गरेपनि मन्त्रीको नाम पठाउन नसकेको नेपाली कांग्रेस सत्तापक्षमा बस्ने भएको हो । मन्त्रीको नाम पठाउन नसकेपनि पूर्वसहमति अनुसार सत्तापक्षमा बस्ने नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बताए ।

कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकमा नेपाली कांग्रेसले सत्ता पक्षमा बस्ने जानकारी गराएको छ । सरकारबाट बाहिरिएको नेकपा (माओवादी केन्द्र)ले प्रतिपक्षमा बस्ने जनाएको छ ।

कोशी प्रदेशसभा सचिवालयमा ३ वटा विधेयक दर्ता छन् । आजको बैठकमा ३ वटै विधेयक संसदमा टेवल हुनेछ ।

प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार प्रदेश निजामती ऐन, २०७९ लाई संसोधन गर्न बनेको विधेयक, केही प्रदेश ऐनको साविकको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता भएको छ ।

सबैभन्दा पहिला प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको बिधेयक पास गर्ने दलहरूको तयारी छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.