कांग्रेस एमालेलाई आङ्बाेकाे आग्रह : ‘झगडियाहरु मिल्नु भएको छ, सरकार ८४ सम्म चलाउनुहोस्’

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १४, शुक्रबार १८:२७

विराटनगर । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

संसदमा शुक्रबार विशेष समय लिएर बोल्दै उनले माओवादी प्रदेशमा रचनात्मक प्रतिपक्षमा रहने बताए । सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले)लाई लक्षित गर्दै उनले सरकार गठनकाे विषयलाई लिएर अदालतसम्म पुगेका दुई दल मिलेर सरकार बनाएकाले अर्काे चुनावसम्म सरकार चलाउन आग्रह गरे ।

‘दुईवटा झगडिया दलहरू मिलेर सरकार चलाउँदै हुनुहुन्छ, तपाईंहरू ८४ सम्मै सरकार चलाउनु होस्,’ उनले भने,‘ जनताको पहरेदार भएर हामी अगाडि बढ्न चहान्छौं, यही भूमिका हामीलाई २०८४ सालसम्म रहनदिनुहोस् ।’

उनले चुनावमा मिलेर जानपनि आग्रह गरे । ‘८४ मा तपाईंहरू दुइटाले गठबन्धन गरेरै चुनाव लड्नुहोस्,’ उनले भने,‘ हामी जनतासम्म गठबन्धन गर्छौ, जनतासँग गठबन्धन गरेर चुनाव लड्छौँ ।’

सरकारमा सहभागी नभइ सत्तापक्षमा कांग्रेस बसेको बताउँदै उनले अचम्मको अभ्यास भएको बताए । प्रदेशमा अहिले सरकारविहीनताको अवस्थामा रहेको उनले बताए ।

मन्त्रालय मन्त्रीविहीन रहँदा बजेट कार्यान्वयनमाअन्योल भएको उनले बताए । अहिलेको बजेट वितरणमुखी रहेको बताउँदै सरकारसँग बजेट प्राथमिकता निर्धारण गर्न आग्रह गरे ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.