केदार कार्कीको चेतावनी –‘सात दिनभित्र बजेट सच्चिएन भने आठौँ दिन सडकमा भेट हुन्छ’

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ १४, शुक्रबार १८:५०

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सात दिनभित्र बजेट नसच्याए आठौँ दिन सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कोशी प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘पार्टीलाई पनि नटेरिकन मुख्यमन्त्री बन्न सक्ने व्यक्तिले जनताको पक्षमा उभिएर भोक हड्ताल गर्न सक्छ,’ उनले भने, ‘जनताको पक्षमा, आमजनताका बालबालिकाका लागि, शिक्षाको लागि,  आममहिला स्वय‌ंसेविकाको लागि..‍‍आफैंअनशनमा बस्न सक्छु, सात दिनभित्र सच्याउनु भएन भने आठौँ दिनमा सडकमा भेट हुन्छ ।’

कार्कीले आफ्नो क्षेत्रमा पर्ने केशलिया करिडोर निर्माणको  योजना मुख्यमन्त्री हिक्मतकुमार कार्कीले काटेको गुनासो गरे । सधैं बाढीले डुब्ने क्षेत्रका जनतालाई सरकारले अपराध गरेको बताए । १० वर्षमुनिका बालबालिकाको उपचार अनुदान शीर्षकको बजेट कटौती भएको भन्दै उनले असन्तुष्टि जनाए ।

सुकुम्बासीलाई जग्गा खरिदमा अनुदान दिने बजेट र शैलजा आचार्य स्मृति अस्पतालको बजेट कटौती गरेको भन्दै उनले असन्तुष्टि जनाए । पूर्व मुख्यमन्त्री कार्कीले आफ्नो सरकारले सुरु गरेका राम्रा कामका लागि बजेट दिन आग्रह गरे ।

‘विधेयकमा सही छाप गरिन्छ, पास गरिन्छ, तर जनता र जनजीविकाको विरुद्ध हुने कुनै दमनको साक्षी बसिदैन,’ उनले भने ,‘ जनजीविका र जनपक्षको विरुद्ध जति निर्णय भएका छन्, त्यो क्याबिनेटले सच्याउन पर्छ ।’

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.