नाबालिका छोरीहरुको हत्यामा संलग्न आमा अस्मिता पौडेल (कार्की) ।विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानमा विष खुवाएर नाबालिका २ छोरीको हत्या गर्ने महिलालाई के सजाय हुन्छभन्ने विषयमा सर्वत्र चासो बढेको छ ।
कलिला नानीहरुको निर्ममतापूर्वक हत्या गर्ने आमालाई हुनसक्ने कानुनी कारबाही र सजायका बारेमा चर्चा एवं आमचासो हुनु स्वभाविक हो ।
आमाले आफ्नै सन्तान मारेको दर्दनाक यो घटनाले सबैलाई चिन्तित त बनाएकै छ । तर, कलिला नानीहरुको हत्या गर्ने आमालाई हुनसक्ने कानुनी कारबाही र सजायका बारेमा चर्चा एवं आमचासो हुनु स्वभाविक हो ।
छोरीहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीको हत्यामा संलग्न आमा २१ वर्षीया अस्मिता पौडेल (कार्की)विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार अदालतबाट म्याद थप गरेको छ । शारीरिक रूपमा कमजोर रहेकी अस्मितालाई उपचारका लागि विराटनगरकै कोशी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालले डिस्चार्ज गरेपछि बेलबारी लगिएकी अस्मितामाथि इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
स्वास्थ्यमा सुधार भएसँगै बिहीबार डिस्चार्ज गरेर बेलबारी पुर्याउँदै इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अस्पतालले डिस्चार्ज गरेपछि बेलबारी लगिएकी अस्मितामाथि इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ ले कर्तव्य ज्यान मुद्दामा हुने सजायको व्यवस्था गरेको छ । संहिताको दफा ४१ मा जीवित रहेसम्म कैद सजाय हुने भनिएको छ । उक्त संहिताको दफा ४१ को (क) अनुसार क्रूर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा र दफा ४१ को (घ) अनुसार सार्वजनिक रूपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा कसुरदारलाई बाँचुन्जेलसम्म कैद सजाय हुन्छ ।

तर, अभियुक्तलाई आजीवन जेल हुनका लागि अनुसन्धानबाट प्रमाणित भएर मुद्दा त्यही हिसाबले स्थापित हुनुपर्ने हुन्छ । प्रमाणका आधारमा अदालतले मुद्दाको टुंगो लगाउने हो । प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा आमाले अवोध सन्तानलाई निर्ममतापूर्वक मारेको देखिन्छ ।
अरु खानेकुरामा विष हालेर खुवाएको प्रारम्भिक अनुसन्धानबाट देखिएन । विष खुवाएर बच्चाको हत्या गरेको अस्मिता आफैंले स्वीकार गरेकी छन् ।
पेय वा खाद्य पदार्थमा विष मिसाएरै खुवाएको चैं अहिलेसम्म पुष्टि नभएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । ‘अरु खानेकुरामा विष हालेर खुवाएको प्रारम्भिक अनुसन्धानबाट देखिएन,’ उनले भने, ‘तर, विष खुवाएर बच्चाको हत्या गरेको अस्मिता आफैंले स्वीकार गरेकी छन् ।’
यस विषयमा थप अनुसन्धान भइरहेको बस्नेत बताउँछन् । उनका अनुसार अहिलेसम्मको परिस्थितिले अपराध संहिताको दफा ४१ आकर्षित हुने देखिन्छ । उक्त दफाको (क) र (घ) आकर्षित भएमा नाबालिका २ छोरीको हत्यामा संलग्न अस्मितालाई जीवित रहेसम्म जेल सजाय हुन्छ ।
अनुसन्धानको तथ्य र प्रमाणका आधारमा कस्तो सजाय हुन्छ भनेर निर्धारण हुने हो । आजीवन वा जन्मकैद हुनसक्छ ।
तर, सबै कुरा तथ्यबाट स्थापित गर्नुपर्ने भएकाले विभिन्न कोणबाट अनुसन्धान हुने डीएसपी बस्नेतको भनाइ छ । संहिताको दफा ४२ मा जन्मकैदको गणनालाई व्याख्या गरिएको छ । दफा ४१ मा उल्लिखित अवस्थाबाहेक जन्मकैदको सजाय गणना गर्दा २५ वर्ष कैद सजाय हुने गरी गणना गर्नुपर्ने दफा ४२ मा उल्लेख छ ।
अनुसन्धान अधिकारीहरु अनुसन्धानको तथ्य र प्रमाणका आधारमा कस्तो सजाय हुन्छ भनेर निर्धारण हुने बताउँछन् । अस्मितालाई जीवित रहेसम्म जेल नभएको खण्डमा जन्मकैद (२५ वर्ष) हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन् ।
मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की आमाले अवोध सन्तानको हत्या गरेको घटना एकदमै अकल्पनीय भएको बताउँछन् । ‘आमा आफैंले जन्मदिएको बच्चालाई मार्छिन् भन्ने कुरा कल्पनाभन्दा बाहिरको विषय हो,’ उनले भने, ‘पतिसँगको रिसले विष खुवाएर नाबालिका छोरीहरुको ज्यान लिएको देखिन्छ ।’
एसपी कार्की अभियुक्तविरुद्ध कुन सजायको मागदाबी लिएर जानेभन्ने कुरा अनुसन्धानपछि मात्रै यकिन हुने बताउँछन् । ‘अहिल्यै अनुसन्धान पूरा भएको छैन । सुरु मात्रै हुँदैछ,’ उनी भन्छन्, ‘सबै कुरालाई तथ्य र प्रमाणले पुष्टि गर्न सक्नुपर्छ । घटनाको विस्तृतमा अनुसन्धान हुन्छ ।’ अनुसन्धानबाट प्राप्त विवरणलाई आधार बनाउँदै त्यही अनुसारको मागदाबी लिएर अदालतमा मुद्दा पेस गरिने कार्कीको भनाइ छ ।
अस्मिताले आफ्नै पति (श्रीमान) अर्जुन कार्कीसँगको रिसका कारण २ नाबालिका छोरीको हत्या गरेको उनले बताए । सुन्दरहरैँचा–७ का नारायण न्यौपानेको केराघारीभित्र दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा शनिबार दिउँसो शव भेटिएको थियो । प्रहरीका अनुसार विष खुवाएर छोरीहरु मारेपछि अस्मिता भौतारिएर हिँडेकी थिइन् ।
अस्मिता मानसिक समस्यामा रहेको पनि हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, यसअघि मानिसक रोगको औषधि सेवन गर्ने गरेको भने पाइएन ।
फरार रहेकी उनलाई प्रहरीले झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला बुधबार बिहान ४ः३० बजेतिर फेला पारेको थियो । शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेकी उनलाई घटना भएको ५ दिनपछि प्रहरीले पक्राउ गरेको हो ।
अस्मिता मानसिक समस्यामा रहेको पनि हुनसक्ने प्रहरीको अनुमान छ । यद्यपि, यसअघि मानिसक रोगको औषधि सेवन गर्ने गरेको भने पाइएन । अस्मिताका पति अर्जुनको घर धनकुटाको पाख्रिबास नगरपालिका–५ हो । सुन्दरहरैँचा–७ स्थित दिदीको घरमा परिवारसहित बस्दै आएका थिए ।
घरमा विवाद भएपछि नानीहरु लिएर हिँडेको बताउने अस्मिताले आफूले सेवन गरेको विष नानीहरुलाई पनि खुवाएको स्वीकार गरेकी छन् ।
निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति अर्जुनसँग विवाद भएपछि रिसाएकी अस्मिता शुक्रबार साँझ कलिला नानीहरु लिएर बेपत्ता भएकी थिइन् । त्यसकै केहीबेरमा दुवै नानीको हत्या गरेको प्रहरीले जनाएको छ ।
अस्मिता आफूले पनि विष सेवन गरेको बयान दिएकी छन् ।
पतिले धेरै तनाव दिने गरेको उनले बताइन् । घरमा विवाद भएपछि नानीहरु लिएर हिँडेको बताउने अस्मिताले आफूले सेवन गरेको विष नानीहरुलाई पनि खुवाएको स्वीकार गरेकी छन् ।
संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिताको २०७५ साल फागुन ९ गते अर्जुनसँग प्रेम विवाह भएको प्रहरीले जनाएको छ ।
सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि ‘अब चैं मर्छु होला’ भनेर छोरीहरुलाई समेत खुवाएको उनले बताइन् । ‘सुरुमा मैले विष खाएँ । त्यसपछि छोरीहरुलाई खुवाएँ । उनीहरु मरे । तर, म चैं मरिन,’ उनले भनेकी छन् । अस्मिताले विष सेवन गरेको हो कि हैनभन्ने परीक्षणपछि पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
घटनास्थलमा १ जोडी चप्पल, अस्मिताले प्रयोग गर्ने मोबाइल र कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको प्रहरीले जनाएको छ । संखुवासभाको मुढेशनिश्चरे माइती भएकी अस्मिताको २०७५ साल फागुन ९ गते अर्जुनसँग प्रेम विवाह भएको प्रहरीले जनाएको छ ।


























