निर्दयी आमा : पतिको रिसले नाबालिका छोरीहरु लिएर हिँडिन्, केरा बगानमा पुर्याएपछि विष खुवाएर मारिन्

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र १९, बुधबार १७:५६
विष खुवाएर दुई नाबालिका छोरीको हत्या गर्ने अस्मितालाई जिल्ला प्रहरी कार्यालय मोरङमा बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै ।

विराटनगर । ९ महिनासम्म कोखमा राखेर जन्मदिने आमा सन्तानकै ज्यान लिने निर्दयी हुन्छन् होलाभन्ने विश्वास गरिँदैन ।

आमालाई ममताकी खानी भनेर चिनिन्छ । भनिन्छ, ‘आमाका लागि आफ्नो प्राणभन्दा सन्तानको माया धेरै हुन्छ ।’ तर, मोरङमा आमाले कल्पना नै गर्न नसकिने र सुन्दै शरीर सिरिङ्ग हुने घटना गराएकी छन् ।

Advertisement

पत्याउनै कठिन हुने उक्त घटनाले निर्दयी आमा कतिसम्म कठोर मनका हुन्छन् भन्ने पनि देखाएको छ । सुन्दरहरैँचामा आफूभन्दा प्यारो सन्तानलाई कुनै प्रवाह नगरिकन आमाले विष खुवाएर मारेको हृदयविदारक घटना गराएकी छन् । सबैको मन चसक्क बनाउने यो घटना पति–पत्नी (श्रीमान–श्रीमती)बीचको विवादसँग जोडिएको छ ।

सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीको शव फेला परेको थियो ।

पतिको रिसका कारण आमाले २ नाबालिका छोरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित केरा बगानभित्र गत शनिबार दिउँसो २ नाबालिका मृत फेला परेका थिए । उनीहरुको हत्या आफ्नै आमाले गरेको पत्ता लागेको हो ।

सुन्दरहरैँचा–७ का स्थानीय नारायण न्यौपानेको केराघारीभित्र नाबालिकाहरु १ वर्षीया आइङ्का र ३ वर्षीया अर्पणा कार्कीको शव फेला परेको थियो । उनीहरुलाई आमा अस्मिता पौडेल (कार्की)ले विष खुवाएर मारेपछि छाडेर हिँडेकी थिइन् । छोरीहरु मृत फेला परेपनि आमा अस्मिता भेटिएकी थिइनन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार घटनापछि फरार बनेकी उनलाई झापाको बिर्तामोड नगरपालिका–५ पूर्व–पश्चिम लोकमार्गनजिक एभरेष्ट बैंक अगाडि हिँडिरहेका बेला बुधबार बिहान ४ः३० बजेतिर फेला पारिएको हो । शारीरिक अवस्था एकदमै नाजुक रहेको र सडकमा भौतारिएर हिँडिरहेको विक्षिप्त अवस्थामा भेटिएकी अस्मितालाई विराटनगर ल्याएर प्रहरीले उपचारका लागि कोशी अस्पतालमा भर्ना गरेको छ ।

केरा बगानमा नाबालिकाको शव भेटिएपछि अनुसन्धानका लागि एसपी कार्की आफैं घटनास्थल पुगेका थिए । उनका अनुसार अस्मिताविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट ४ दिनको म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको छ । ‘घटनाको ५ दिनपछि अस्मितालाई सडकमा अस्वस्थ्य अवस्थामा फेला पारिएको हो । शारीरिक अवस्था निक्कै कमजोर छ,’ उनले भने, ‘उपचारका लागि अस्पताल भर्ना गरिएको छ । ज्यान मुद्दामा अनुसन्धान पनि अघि बढ्यो ।’

निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति अर्जुनसँग विवाद भएपछि रिसाएकी अस्मिता शुक्रबार साँझ कलिला नानीहरु लिएर बेपत्ता भएकी थिइन् । त्यही रात विष खुवाएर दुवै जनालाई मारिछन् ।

अस्मिताले सँगै लिएर गएका २ नाबालिका छोरी मृत फेला परेपनि स्थानीय र प्रहरीले निरन्तर खोजी गर्दासमेत उनी भने भेटिएकी थिइनन् । अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भइ सुन्दरहरैँचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । अर्जुन २ छोरी र पत्नीसहित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । आइङ्का र अपर्णा नाबालिका छोरीहरु हुन् ।

अर्जुनले नयाँ घर निर्माण पनि गर्दै थिए । ‘निर्माणाधीन घरमा पानी लगाउने विषयमा पति अर्जुनसँग विवाद भएपछि रिसाएकी अस्मिता शुक्रबार साँझ कलिला नानीहरु लिएर बेपत्ता भएकी थिइन् । त्यही रात विष खुवाएर दुवै जनालाई मारिछन् । आफू भने फरार भएको पाइयो,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने । उनका अनुसार अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको पति अर्जुनले बताएका थिए ।

अस्मिताले प्रयोग गर्ने मोबाइल नाबालिकाहरुको शवनजिकै फेला परेको थियो । प्रहरीका अनुसार विष खुवाएर छोरीलाई मारेपछि रातभर विक्षिप्त भएर जंगलतिर भौतारिएको पाइयो । भोलिपल्ट बेलबारीको खोसार्नेबाट गाडी चढेर बिर्तामोड पुगेको बस्नेत बताउँछन् । ‘बिर्तामोडमा यतिका दिनसम्म जंगलको छेउ र बस्तीनजिक भौतारिएर विक्षिप्त मानसिकतामा हिँडेको भन्ने कुरा छ,’ उनले भने, ‘मंगलबार राति १ जना शंकास्पद महिलाले स्थानीयको घरमा बास माग्दै हिँडेको जानकारी आएको थियो ।’

मलाई पतिले धेरै तनाव दिन्थे । ‘मारेर गाड्छु’ भन्न थाले । ‘टर्चर’ सहन सकिन । त्यसपछि दुवै छोरीलाई लिएर हिँडे । मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ ।

प्राप्त जानकारीकै आधारमा हुलिया विश्लेषण गर्दै खोजी गर्दा अस्मितालाई जीवितै फेला पार्न प्रहरी सफल भएको हो । प्रहरीका अनुसार अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिन्छ । अस्मिताले आफूले पनि विष सेवन गरेको बयान दिएकी छन् ।

‘मलाई पतिले धेरै तनाव दिन्थे । ‘मारेर गाड्छु’ भन्न थाले । ‘टर्चर’ सहन सकिन । त्यसपछि दुवै छोरीलाई लिएर हिँडे । मर्नलाई भनेर विष पनि लिएर गएकी थिएँ । छोरीहरुलाई मात्रै छाडेर एक्लै मर्न मन लागेन,’ उनले भनिन् । सुरुमा आफूले विष सेवन गरेको र छात्ती पोल्न थालेपछि अब चैं मर्छु होला भनेर छोरीहरुलाई समेत खुवाएको अस्मिताले बताएकी छन् ।

आफूलाई पतिले धेरै पहिलेदेखि तनाव दिँदै आएकाले अति भएपछि आफू पनि मर्ने र छोरीहरुलाई पनि मार्ने योजना बनाएर घरबाट हिँडेको उनले बताइन् । ‘सुरुमा मैले विष खाएँ । त्यसपछि छोरीहरुलाई खुवाएँ । उनीहरु मरे । तर, म चैं मरिन,’ उनले भनिन्, ‘यस्तो बाटो अपनाउन मन थिएन । घरमा कहिल्यै मेलमिलाप भएन । मलाई लामो समयदेखि ‘टर्चर’ थियो । सहन सकिन ।’ उनका भनाइ अनुसार पतिसँग बारम्बार झैझगडा र विवाद हुने गरेको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । बाबु अर्जुन उनीहरुको काजकिरियामा छन् ।

विगतमा पनि पतिसँग झगडा हुँदा छोरीहरुलाई लिएर हिँड्ने गरेको प्रहरीको भनाइ छ । तर, रिस मरेपछि फर्किएर आउँथिन् । अस्मिता आफूले पनि विष सेवन गरेको दाबी गरिरहँदा प्रहरीले भने यो विषयमा यकिन भइनसकेको बताएको छ । विष खाइन् कि खाइनन् भनेर अनुसन्धानपछि पत्ता लाग्ने एसपी कार्कीले बताए । ‘शारीरिक अवस्था हेर्दा विषको असर हो कि जस्तो देखिन्छ । तर, रगत परीक्षणपछि मात्रै पत्ता लाग्छ । परीक्षणको प्रक्रिया अघि बढाइसकिएको छ,’ उनले भने ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । बाबु अर्जुन उनीहरुको काजकिरियामा छन् । दिदीले बहिनीलाई अँगालो हालेको अवस्थामा केरा बगानभित्र शव फेला परेको थियो । घटनास्थलमा १ जोडी चप्पल, अस्मिताले प्रयोग गर्ने मोबाइल र कीटनाशक औषधि ‘मेटासिट’को बट्टा फेला परेको प्रहरीले जनाएको छ ।

त्यही ‘मेटासिट’ खुवाएर अस्मिताले नाबालिका छोरीहरुको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अस्मिताको माइती संखुवासभाको मुढेशनिश्चरे हो । अर्जुनसँग २०७५ साल फागुन ९ गते प्रेम विवाह भएको प्रहरीले जनाएको छ । तर, उनीहरुबीच पारिवारिक विषयलाई लिएर बारम्बार विवाद र झैझगडा हुने गरेको पाइएको छ ।

सम्बन्धित समाचार

२ नाबालिकाको मृत्यु प्रकरण : अझै फेला परिनन् आमा

मोरङमा केरा बगानभित्र २ नाबालिका मृत फेला, विष खुवाएर हत्या गरेको आशंका

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.