कांग्रेस बिपीको सिद्धान्त छाडेकै कारण कमजोर भयोः आचार्य

Share this
775shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २४, सोमबार १९:५२

विराटनगर । बिपी कोइरालाको आदर्श र सिद्धान्त छाडेकै कारण नेपाली कांग्रेस कमजोर हुँदै गएको नेता महेश आचार्यले बताएका छन् ।

उनले सोमबार नेपाली कांग्रेस मोरङले बिपी कोइरालाको १११ औं जन्मजन्यतीका अवसरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन यस्तो बताएका हुन् । नेता आचार्यले अहिले कांग्रेस इतिहासकै सबैभन्दा कठिन मोडबाट अगाडि बढीरहेको बताए ।

विभिन्न गुट, उपगुटले कांग्रेसलाई कमजोर बनाउँदै लगेको बताउँदै, नेता आचार्यले भने, ‘कांग्रेसमा रुपान्तरण जरुरी रहेको छ । निर्वाचनमा कसैैसित पनि गठबन्धन गर्नुहुँदैन भनेर आफूले बारम्बार भनेको थिएँ । कार्यकर्ताको भावनाविपरीत गरिएको गठबन्धनका कारण अहिले कांग्रेसको अवस्था कस्तो छ ?’

कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य अमृत अर्यालले कांग्रेस एकढिक्का भएमा कसैले पनि निर्वाचनमा पराजित गर्न नसक्ने बताए । उनले अरुसँग लड्नपर्ने कांग्रेस आफैंसित लडिरहेको दुःखेसो पोखे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूले अघि सारेका योजनालाई स्थापित गर्न पार्टीले सहयोग नगरेको बताए ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.