‘कर्तव्य आर सघंर्ष’को ट्रेलर सार्वजनिक, असोज १२ मा प्रिमियर

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भाद्र २४, सोमबार २०:२९

विराटनगर । गनगाई समुदायले बोल्ने भाषामा निर्मित ‘कर्तव्य आर संघर्ष’ नामक चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएको छ । जीवन विकास समाजले निर्माण गरेको ‘अंगिका’ भाषाको चलचित्र कर्तव्य आर संघर्षको ट्रेलर र गीत सोमबार सार्वजनिक भएको हो ।

चलचित्रको प्रिमियर असोज १२ गते विहान विराटनगरको सिटी सिनेमामा हुनेछ । सन्तोष सरकारले निर्देशन गरेको चलचित्र अंगिका भाषाको पहिलो चलचित्र हो ।

नारी सशक्तीकरण, स्वरोजगार अभियानसँगै जातीय संस्कृति संरक्षणमा आधारित चलचित्रमा बिकेश गनगाई, आराधना मण्डल, बालदेव मण्डल, रिबोलदेवी मण्डल, चेतनारायण मण्डल, सन्तोष मण्डललगायतले अभिनय गरेका छन् । चलचित्रमा मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलको पनि अभियन छ ।

३० लाख लागतमा निर्माण भएको चलचित्रको छायाङ्कन मोरङको दक्षिणी क्षेत्रमा गरिएको छ ।

२ घण्टा २३ मिनेट लामो भाषिक चलचित्र गणपति म्युजिक प्रालिको ब्यानरमा बनेको हो । सोमबार ट्रेलर सार्वजनिक समारोहमा कलाकारसहित चलचित्र निर्माणका लागि सहयोग गर्ने एक सय जनालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले अंगिका भाषा र गनगाई संस्कृतिको संरक्षणमा चलचित्रले योगदान गर्ने बताए । चलचित्रले नागरिकलाई कर्तव्य र संघर्षको बोध गर्दै आत्मनिर्भर बन्न प्रेरणा मिल्ने उनले बताए ।

कार्यक्रममा नेपाल र भारतका आंगिका भाषा संरक्षणका अभियन्ता, स्थानीय जनप्रतिनिधिलगायतले चलचित्रले संस्कृति संरक्षणमा योगदान पुग्ने बताएका थिए ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×