किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १८, आइतबार ०९:५३

एजेन्सी । रुसले युक्रेनको राजधानी किभमा रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई सहर छोड्न र युक्रेनको यात्रा नगर्न चेतावनी दिएको छ ।

साथै, किभका स्थानीय बासिन्दालाई सैन्य तथा प्रशासनिक केन्द्रबाट टाढा रहन रुसले सल्लाह दिएको हो।

रुसी विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा रुसले किभसहित अन्य युक्रेनी सहरमा रहेका सैन्य पूर्वाधारलाई लक्षित गर्दै निरन्तर आक्रमण जारी राख्ने बताएको छ। मन्त्रालयले युक्रेनी सेनाले रुसको नागरिक र पूर्वाधारविरुद्ध गरेका ‘आतंकवादी कार्य’को प्रतिक्रियाका रूपमा यस्ता आक्रमण जारी राख्ने बताएको हो।

चेतावनी बेवास्ता गर्दा हुन सक्ने कुनै पनि प्रतिकूल परिणामको जिम्मेवारी सम्बन्धित व्यक्तिमै रहने मस्कोले चेतावनी दिएको छ।

यसअघि, रुसले मे २५ मा विदेशी साझेदारलाई पठाएको कूटनीतिक नोटमार्फत पनि यस्तो चेतावनी दिएको थियो। त्यसपछि मे २७ मा उप विदेश मन्त्री मिखाइल गालुजिनले कूटनीतिक नियोगका प्रतिनिधिका लागि गरेको ब्रिफिङमा यो विषय दोहोर्‍याएका थिए।

रुसी विदेश मन्त्रालयले अमेरिका, बेलायत, युरोपेली संघका सदस्य राष्ट्र, नर्वे र स्विजरल्याण्डलगायत धेरै देशले पनि आफ्ना नागरिकलाई युक्रेनको यात्रा नगर्न पटक(पटक सल्लाह दिँदै आएको बताएको छ।

किभमा धेरै विदेशी दूतावास सञ्चालनमा छन् र विदेशी अधिकारीहरू युक्रेन भ्रमण गरिरहेका छन्। रुसले यस्तो चेतावनी बेवास्ता गर्नेहरूले जानाजानी आफूलाई जोखिममा पारिरहेको बताएको छ।

यसैबिच, युक्रेनमा पछिल्ला रुसी आक्रमणमा कम्तीमा छ जनाको मृत्यु भएको छ। किभको नर्दर्न ब्रिजमा क्षति पुगेपछि यातायात रोकिएको छ। दुई दिनको आक्रमणका कारण डिनिप्रो नदीमाथिका किभका छ सडक पुलमध्ये ३ वटा पूर्ण वा आंशिक रूपमा बन्द भएका छन्।

रुसी विदेश मन्त्रालयले रुसको सशस्त्र बलले किभ र अन्य युक्रेनी सहरमा ‘ठुला प्रतिशोधात्मक हमला’ जारी राख्ने जनाएको छ।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×