आजदेखि केदार कार्कीकाे अनशन

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २५, मंगलबार ०५:४१

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की आज अनशन बस्दैछन् । १० वर्ष मुनिका बालबालिकाका लागि विशिष्टीकृत सेवा निशुल्क हुनुपर्ने मागसहित दिउँसो ४ बजेबाट अनशन बस्न लागेका हुन् । उनले माग सम्बाेधन नभएसम्म अनशन बस्ने बताए ।

कार्कीको अनशनबारे नेपाली कांग्रेस संसदीय दलले कुनै प्रतिक्रिया दिएको छैन । सरकारले भने कार्कीको उठाएको माग बजेटमै समावेश भइसकेका कारण अनशनको औचित्य नरहेको बताएको छ ।

केदार कार्कीले एक साता अघि आफ्नो पालामा सुरु भएको ९ वटा कार्यक्रमलाई प्राथमिकता दिन माग गर्दै सम्बोधन नभए अनशन बस्ने चेतावनी दिएका थिए ।

उनले दश वर्ष मुनीका बालवालिकाका लागि विशिष्टीकृत सेवासहितको निःशुल्क उपचार, बजेटमा २५ लाख रूपैयाँ भन्दा कमका योजना नराख्ने नीति, शैलजा आचार्य हृदयरोग उपचार केन्द्रलाई पूर्ण रुपमा सञ्चालनलगायत माग राखेका छन् ।

सरकारले भने पूर्वमुख्यमन्त्री कार्कीको एजेण्डा बजेटमै समावेश भएको बताएको छ । ‘दश वर्ष मुनीका बालबालिकाको निशुल्क उपचारलाई हामीले बजेटमै राख्यछौं,’ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले भने,‘ निशुल्क उपचारको नाममा हुने दुरुपयोग रोक्न खोजेको हो, उपचार नगर्ने भन्ने होइन्, विपन्न वर्गको उपचार सरकारले गर्छ ।’

केदार कार्कीले भनेअनुसार सबै निशुल्क गर्नका लागि प्रदेशको स्रोतले धान्न नसक्ने उनले बताए । विपन्नका लागि सरकारले सहयोग गर्ने अधिकारीको दाबी छ ।

बजेट कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले अहिले नै आन्दोलन गर्ने बेला नभएको बताए ।

पूर्व मुख्यमन्त्री कार्कीको दलले आन्दोलनका बारेमा कुनै प्रतिक्रिया दिएको छैन । ‘ पूर्व मुख्यमन्त्रीले अनशन बस्ने भनेर दललाई जानकारी गराउनु भएको छ, तर दलले कुनै धारणा बनाएको छैन,’ प्रमुख सचेतक गोपाल तामाङ भन्छन्,‘ उहाँले सुरु गरेपछि दलले धारणा बनाउँछ ।’ नेपाली कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले अनशन बस्ने केदार कार्कीको व्यक्तिगत विषय भएको बताए ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.