विवादमा तानिए विराटनगरका मेयर, रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा सहभागी

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २६, बुधबार १९:४०

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख एवं मेयर नागेश काेइराला  रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा सहभागी भएका छन् ।

एउटा स्थानीय सरकारका प्रमुखले अर्को स्थानीय सरकारविरुद्ध भएको आन्दोलनमा सशरीर उपस्थित भएर ऐक्यबद्धता जनाएसँगै उनी विवादमा तानिएका छन् । त्यसै पनि कार्यक्षमता कमजोर भएको र मनोमानी गरिरहेको भनेर मेयर कोइरालाप्रति असन्तुष्टि बढ्दो छ ।

एउटा पालिका प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति अर्काे पालिकाविरुद्ध भएको नारा जुलुस र प्रदर्शनमा सहभागी हुनुलाई आश्चर्यजनक हिसाबले हेरिएको छ ।

रंगेली नगरपालिकाले निर्धारण गरेको करविरुद्ध नेपाली कांग्रसले आन्दोलन गरिरहेको छ । कांग्रेसबाटै विराटनगरको मेयर निर्वाचित भएका कोइराला रंगेली नगरपालिकाको नेतृत्वविरुद्ध भएको आन्दोलनमा बुधबार सहभागी भएसँगै झन् विवादमा तानिएका हुन् ।

रंगेली नगर एमालेको नेतृत्वमा छ । एउटा पालिका प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति अर्काे पालिकाविरुद्ध भएको नारा जुलुस र प्रदर्शनमा सहभागी हुनुलाई आश्चर्यजनक हिसाबले हेरिएको छ ।

कार्यालय समयमा कोइराला रंगेलीको आन्दोलनमा पुगिरहँदा विराटनगरस्थित उनको कार्यकक्ष अगाडि भने सेवाग्राही उनलाई पर्खिएर बसिरहेका थिए । नगरपालिकाविरुद्धको आन्दोलनका क्रममा कोइराला मंगलबार पनि रंगेली पुगेका थिए ।

आफ्नो महानगर सुधारतर्फ ध्यान दिनुपर्ने मेयर अर्को पालिकाविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पुगेपछि चौतर्फी आलोचना भइरहेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसहितका सुरक्षा अधिकारीसँग उनी रंगेली पुगेका हुन् । मंगलबार भने उनले समन्वयात्मक भूमिका निर्वाह गरेको बताइन्छ । बुधबार भने नारा जुलुस र प्रदर्शनमै सहभागी भएका छन् ।

आफ्नो महानगर सुधारतर्फ ध्यान दिनुपर्ने मेयर अर्को पालिकाविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पुगेपछि चौतर्फी आलोचना भइरहेको छ । रंगेलीको आन्दोलनमा जनाएको उपस्थितिले उनको कार्यशैलीको विरोध र टीकाटिप्पणी गर्नेहरुलाई थप बल पुगेको छ ।

रंगेली नगरपालिकाले कर वृद्धि गरेपछि पार्टीकोतर्फबाट आन्दोलन भइरहेको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए । घिमिरे रंगेलीको मेयरमा एमालेका दिलिप बगडियासँग पराजित भएका थिए ।

नगरपालिकाले बढाएको र नयाँ निर्धारण गरेको कर घटाउने मागसहितको आन्दोलनमा विराटनगरका मेयर पनि सहभागी भएको घिमिरेले बताए । मेयर कोइरालाले भने पालिका प्रमुखको हैसियतमा नभइ पार्टीको तर्फबाट आन्दोलनमा गएको बताए । ‘म नेपाली कांग्रेस मोरङ जिल्लाको उपसभापति हो । उपसभापतिको हैसियतामा आन्दोलनमा सहभागी भएँ । म निजी गाडीमा गएको छु,’ उनले भने ।

जिल्ला सभापतिमा उठ्नका लागि आफ्नो माहोल मिलाउन लागेका कोइराला मंगलबार कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनमा पनि पुगेका थिए ।

नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदैछ । अधिवेशनमा उनले सभापतिमा उठ्ने तयारी गरिरहेका छन् । सभापतिमा उठ्ने भएपछि महानगरभित्रको काम छाडेर भएपनि उनी रंगेलीको आन्दोलनमा पुगेको कांग्रेस रंगेलीका एक नेताले बताए ।

सभापतिमा उठ्नका लागि आफ्नो माहोल मिलाउन लागेका कोइराला मंगलबार कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनमा पनि पुगेका थिए । केदार कार्कीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि कोइराला उपस्थित भए ।

कोइराला मेयरमा निर्वाचित भएपछि पूर्वमुख्यमन्त्री कार्कीसँगको सम्बन्ध बिग्रिएको थियो । गत १२ साउन २०८१ मा प्रेस युनियनको जिल्ला अधिवेशनमा कार्की र कोइरालाले छुट्टाछुट्टै प्यानल बनाएका थिए ।

नागेश कोइरालाले पछिल्लो समय केदार कार्कीसँग  सम्बन्ध सुधार गरेका छन् । दुवैको प्रतिस्पर्धा शेखर कोइरालासँग को बढी नजिक हुने भन्नेमा छ ।

उनीहरु दुवै कांग्रेसभित्र डाक्टर शेखर कोइराला पक्षधर हुन् । दुवैको प्रतिस्पर्धा कोइरालासँग को बढी नजिक हुने भन्नेमा छ । ‘जिल्ला अधिवेशन निजिकिएपछि सम्बन्ध सुधार गर्दैछन् । केदारसँग पछिल्लो समय सम्बन्ध सुधार गरेका छन्,’ कोइरालानिकट एक नेताले भने,‘ जिल्ला सभापति उठ्ने भएपनि महानगरमा भन्दा बढी ध्यान पार्टीलाई दिइरहेको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आन्दोलनरत पक्षसँग छलफलका लागि मंगलबार पुगेको जानकारी दिए । रंगेलीका मेयर दिलिप बगडिया अहिले भारतमा छन् । मेयर बगडिया फर्किएपछि छलफलबाट समस्या सामधान गर्न आग्रह गरिएको प्रजिअ भट्टराईको भनाइ छ ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.