
काठमाडौं । पत्नीसँग सम्बन्ध विच्छेद गरी पाऊँ भनी जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके)ले जिल्ला अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।
भदौ १२ गते राउतले पत्नी सोनी सिन्धु रानीसँग पाटन अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेको अदालत प्रशासनले जनाएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बसिरहेका राउतले आफूहरूको सम्बन्ध राम्रो नभएका कारण सम्बन्ध विच्छेद गरिपाऊँ भन्दै मुद्दा दायर गरेका हुन् ।
निवेदनमा राउतले २ छोरी र १ छोरा आफूसँगै राख्न माग गरेका छन् । उनकी पत्नी रानी भारतीय नागरिक रहेको बुझिएको छ ।























