शेखर काेइराला समूहलाई भाग छाडेर सरकारमा जाँदै कांग्रेस, आज शपथ

Share this
749shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ भदौ २८, शुक्रबार ०७:४८

विराटनगर । नेपाली कांग्रेस आज काेशी प्रदेश सरकारमा सहभागी हुने भएकाे छ । सरकारमा सहभागी हुने निर्णय गरेकाे डेढ महिनापछि आज सहभागी हुने भएकाे हाे ।

कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ विहान साढे ९ बजे राखिएको छ ।

कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश सांसद तथा प्रदेश महामन्त्री भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् ।

शेरबहादुर देउवा समूहका सांसद खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री बन्ने छन् । सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने निश्चित भएको छ । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्कीको समूहका हुन् ।

कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् । एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सहभागी हुने कांग्रेस प्रमुख सचेतक गाेपाल तामाङले जानकारी दिए । उनका अनुसार याे डाक्टर शेखर काेइराला समूहका लागि भाग छाडिएकाे हाे ।

कोशीमा शेखर कोइराला पक्षले २ वटा मन्त्रालय मागेको थियो । संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने बताएको थियो । गत साउन १२ मा नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेस कोइराला समूहको २ मन्त्रीको अडानका कारण सरकारमा सहभागी भएको थिएन् ।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.