
विराटनगर । ताप्लेजुङको फुङ्लिङमा १ वर्षअघि मिनी मेला चलिरहेको थियो । मेलामा प्रहरी र प्रदेश सांसदको समूहबीच विवाद भयो ।
मेलाकै क्रममा २०८० भदौ २१ गते प्रहरी र ताप्लेजुङको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट निर्वाचित कोशी प्रदेशसभा सदस्य (सांसदं) खगेनसिङ हाङगामको समूहबीच विवाद भएको हो । विवाद थप चर्कदै गयो । ताप्लेजुङका तत्कालीन प्रहरी प्रमुख डीएसपी राजन लिम्बू र हाङगामबीच आरोप प्रत्यारोप नै चल्यो ।
कुरो त्यतिमा मात्रै सीमित रहेन । प्रहरीले हाङगामका कार्यकर्तामाथि धरपकड गरेको थियो । भोलिपल्ट अर्थात भदौ २२ गते हाङगामले फुङलिङमा कोणसभाको आयोजना गरेर डीएसपी लिम्बू र उनका परिवारलाई ज्यान मार्ने धम्की दिए । डीएसपीलाई तथानाम गालीगलौज गरे । बर्दी खोलेर भिड्न आउन चेतावनी दिए ।
हाङगामले डीएसपी लिम्बूलाई धम्की दिँदै भनेका थिए, ‘अब कुनै पनि सरकार नेपाली कांग्रेसको नेतृत्वमा भयो भने, कहाँ बस्छस् । के खान्छस् । कस्तो लुगा लाउँछस् । तेरो बाउ आमा कहाँ छ । तेरो छोराछोरी कहाँ छ । त्यो पनि पत्ता लगाएर मार्छौं । पानीमुनि लुकोस् कि पानी माथि । सक्छस् भने यहाँ आइज । म लुगा खोल्न तयार छु तँसँग । खेल्न सक्छस् भने आइज । तेरो पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर आउँछस् । तँलाई म २ सेकेण्ड राख्दिन बाँकी । याद गर ।’
हाङगामले भनेजस्तो कांग्रेसको नेतृत्वमा सरकार त छैन । तर, नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा उनी मन्त्री भएका छन् । केन्द्रमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारमा कांग्रेस सहभागी छ ।
जनताबाट निर्वाचित सांसदजस्तो व्यक्तिले अपराधिक शैली अपनाउँदै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको नेतृत्व गरेर बसेका प्रहरी अधिकृतमाथि त्यसरी धावा बोल्नु सामान्य विषय थिएन । तर, राजनीतिक आवरणमा गरिएको त्यो गैरराजनीतिक र अपराधिक हर्कतमा उनले उन्मुक्ति पाए ।
प्रहरी अधिकृत र उनका परिवारलाई किटान गरेरै सार्वजनिकस्थलबाट मार्ने धम्की दिएका हाङगाम मन्त्री बनेपछि भने केही नरम देखिएका छन् । तर, विगतको त्यो अराजनीतिक र अराजक घटना उनले बेलाबखत सम्झिरहने छन् । बिर्सिनै सक्दैनन् । न त तत्कालीन डीएसपी लिम्बूले नै बिर्सन्छन् ।
जनताबाट निर्वाचित सांसदजस्तो व्यक्तिले अपराधिक शैली अपनाउँदै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानको नेतृत्व गरेर बसेका प्रहरी अधिकृतमाथि त्यसरी धावा बोल्नु सामान्य विषय थिएन । तर, राजनीतिक आवरणमा गरिएको त्यो गैरराजनीतिक र अपराधिक हर्कतमा उनले उन्मुक्ति पाए । कारबाही भएन ।
हाङगामका ठाउँमा सामान्य सर्वसाधारण हुनु थियो भने प्रहरीले के गर्थ्यो होलाभन्ने आमप्रश्न उठेकै छ । किनभने कुनै पहुँच नहुने सामान्य नागरिकमाथि प्रहरीले गर्ने वा गरिरहेको व्यवहार सबैले देखेकै र भोगेकै हो । हुन त जोसुकै भएपनि त्यस्ता अराजक शैली अपनाएर शान्ति सुरक्षाको अवस्था भाँड्न खोज्ने र सुरक्षा अधिकारी तथा उनका परिवारलाई खोजीखोजी मार्नेसम्मको धम्की दिनेलाई कारबाही हुनैपर्नेमा दुबिधा थिएन ।
हाङगामलाई कारबाही हुने त निक्कै परको कुरा भयो । उल्टै घटनाको १ वर्षपछि पुरस्कारबापत मन्त्री पद पाएका छन् । सार्वजनिक मञ्चबाट डीएसपी र उनका परिवारलाई मार्ने धम्की दिएका उनलाई कांगे्रेसले कोशी प्रदेश सरकारमा मन्त्री बनाउने विवादास्पद निर्णय लिएको हो ।
कांग्रेसभित्र शेरबहादुर देउवा समूहका सांसद हाङगाम शुक्रबार कोशीको उद्योग, कृषि तथा सहकारीमन्त्री बनेका छन् । कांग्रेसले उनीसँगै भूपेन्द्र राईलाई भौतिक पूर्वधार र सदानन्द मण्डललाई पर्यटन, वन तथा वातावरणमन्त्री बनाएको छ । भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेका छन् ।
हाङगामले कानुन हातमा लिएर अमर्यादित, उत्तेजक र माहोल भड्काउने हिसाबले सार्वजनिक मञ्चबाट हिंसात्मक अभिव्यक्ति दिएका थिए । तर, पक्राउ गरेर कारबाही अघि बढाउन प्रहरी डरायो ।
हाङगाम र डीएसपी जोडिएको घटनालाई भने त्यतिबेलै सामसुम पारेर मिलाइएको थियो । सत्तारुढ दलका सांसद भएकै हिसाबबाट उनले उन्मुक्ति पाएका थिए ।
हाङगामले कानुन हातमा लिएर अमर्यादित, उत्तेजक र माहोल भड्काउने हिसाबले सार्वजनिक मञ्चबाट हिंसात्मक अभिव्यक्ति दिएका थिए । तर, पक्राउ गरेर कारबाही अघि बढाउन प्रहरी डरायो । फलस्वरुप मन्त्री बनेर शपथ लिइसकेका छन् ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले जनताको भोट जितेर सांसद भएको मान्छेलाई मन्त्री बनाउनु स्वभाविक भएको बताए । ‘त्यतिबेलाको घटना भनेको परिस्थितिजन्य कुरा हो । त्यो व्यक्तिगत कुरा हो । लडाइँ झगडा त मान्छेको हुन्छ । हाम्रो ‘ह्युमन नेचर’ पनि त छ । राजनीतिमा पार्टीबाट टिकट पाउँदै जनताको भोट जितेर आएपछि मन्त्री बनाउनु स्वभाविक हो,’ उनले भने ।
तामाङका अनुसार केही न केही योगदान गरेकै कारण चुनाव जितेर आएकाले हाङगामलाई मन्त्री बनाइएको जानकारी दिए । ‘त्यो ठूलो कुरा हैन । सांसदजस्तो मान्छेलाई डीएसपीले पनि धम्क्याउन हुने थिएन । समाचार लेखे हुन्छ, केही फरक पर्दैन,’ तामाङले भने ।
त्यतिबेला सांसदले ज्यान मार्ने धम्की दिएकामा प्रहरीले आपत्ति प्रकट गरेको थियो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका तत्कालीन एसपी ऋषिराम कँडेलको नेतृत्वमा छानबिन समिति नै बनाइएको थियो । तर, समिति देखाउनकै लागि मात्रै बनाइयो । त्यो समितिले के काम गर्यो र कस्तो प्रतिवेदन बनायो भनेर अहिलेसम्म थाहा छैन ।
उनले दिएको अभिव्यक्ति गलत भए पनि वातावरण बिगार्ने काम प्रहरीबाटै भएको प्रतिक्रिया दिएर कांग्रेसले हाङगामलाई बचाएको थियो । प्रहरीले सादा पोसाकमा गएर व्यक्तिको घर तोडफोड गरेको, ढोका बाहिर निकालेको, कुटपिट गरेको र गुन्डागर्दी शैली अपनाएको आरोप कांग्रेसको थियो । सार्वजनिक हिसाबले हिंसा भड्काउने गरी उत्तेजक अभिव्यक्ति दिने सांसदलाई बचाएको कांग्रेसले अहिले मन्त्रीले बनाएको छ ।
हाङगाम मन्त्री भएपछि अनेक टीकाटिप्पणी हुन थालेको छ । राजनीतिमा लागेर यस्ता अपराधिक उधुम मच्चाउनेले नै कारबाहीको साटो मन्त्रीजस्तो सम्मानित पद पाउँछन् भन्ने स्थापित भएको छ ।
मेलामा सहभागी भएका पेमा लामा तामाङ सुकेटार घुमफिर गरी फर्कने क्रममा प्रहरीले मुक्का प्रहार गर्नुका साथै आँखामा गम्भीर चोट लग्नेगरी सेटले समेत हिर्काएको कांग्रेसको दाबी थियो । घटनाका बारेमा बुझ्न खोज्दा हाङगामलाई बर्दी र सादा पोसाकका प्रहरीले गालीगलौज गर्नुका साथै उनको घरमा ढुंगामुडासमेत गरेको दाबी गरेर कांग्रेसले उनलाई उन्मुक्ति दिन भूमिका खेलेको हो ।
हाङगाम मन्त्री भएपछि अनेक टीकाटिप्पणी हुन थालेको छ । राजनीतिमा लागेर यस्ता अपराधिक उधुम मच्चाउनेले नै कारबाहीको साटो मन्त्रीजस्तो सम्मानित पद पाउँछन् भन्ने स्थापित भएको छ ।
हाङगाम भन्छन् : कुरो मिलिसक्यो
मन्त्रीको जिम्मेवारी सम्हालेका हाङगाम भने कुरो मिलिसकेको बताउँछन् । ‘म ताप्लेजुङका जनताले चुनाव जिताएको एउटा भीआईपी हो । भीआईपी बसेको कोठामा प्रहरी राति आएको छ । मेरा छोराछोरी पनि छन्,’ त्यसबेला प्रहरीले आएर घरमा खोजतलास गरेको घटना सम्झदै उनले भने, ‘त्यसमा उहाँ (डीएसपी) र मेरोबीचमा उहाँले आत्मसमीक्षा गरेर मिलिसकेको कुरा हो । यसलाई बल्झाउँदा उहाँमा पनि खिन्नता बोध हुनसक्छ ।’
क्रान्तिबिना मुलुक परिवर्तन भएको छैन । त्यो दौरानमा उतारचढाव हुन्छन् नै । उहाँ (डीएसपी)ले अलिकति मिस्टेक गर्नु भयो । तर, हामी मिलिसकेका छौं । अहिले हाम्रो सम्बन्ध राम्रो छ । बितिसकेको कुरा बाहिर ल्याउँदा समाजमा नराम्रो सन्देश जाने हाङगामले बताए ।
तत्कालीन डीएसपी लिम्बूको जन्मघर पनि ताप्लेजुङ भएको बताउँदै हाङगाम भन्छन्, ‘सामीप्यता छ हामीबीचमा । क्रान्तिबिना मुलुक परिवर्तन भएको छैन । त्यो दौरानमा उतारचढाव हुन्छन् नै । उहाँ (डीएसपी)ले अलिकति मिस्टेक गर्नु भयो । तर, हामी मिलिसकेका छौं । अहिले हाम्रो सम्बन्ध राम्रो छ ।’ बितिसकेको कुरा बाहिर ल्याउँदा समाजमा नराम्रो सन्देश जाने उनले बताए ।
‘त्यतिबेला थोरै ‘मिसअन्डरस्ट्यान्डिङ’ले समस्या भयो होला । आत्मालोचित भइसकेको कुरा हो । सकारात्मक कुराले मुलुकलाई राम्रो हुन्छ । अब नराम्रोतिर जान हुँदैन । तपाईंहरुले पनि बुझिदिनुपर्छ । क्रान्ति र संघर्ष गर्ने क्रममा केही कमजोरी भए होलान्,’ हाङगामले मुलुकी खबरसँग सौहार्दपूर्ण हिसाबले आफ्ना कुरा राखे । मन्त्रीको शपथपछि पदभार सम्हालेका उनले प्रदेशको कृषि क्षेत्रको विकासका लागि सबै पक्षसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।


























