
विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले संघ र प्रदेशमा अप्राकृतिक गठबन्धन बनेको बताएका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेपछि बोल्ने क्रममा सिटौलाले कम्युनिष्ट र प्रजातान्त्रिक धारबीच प्राकृतिक गठबन्धन बनेको बताएका हुन् । ‘यो गठबन्धन अर्को चुनावसम्म चलोस । अप्राकृतिक भएपनि चलोस्,’ उनले भने ।
गठबन्धनमा खटपटा देखिन थालेको बताउँदै सिटौलाले यो सरकार निर्वाचनसम्म चलोस भन्ने आफ्नो चाहाना रहेको बताए । राप्रपाले सरकारलाई विश्वासको मत नदिने उनले स्पष्ट पारे । पक्षमा मतदान नगर्ने उनको भनाइ छ । उनले भने ‘दलले विपक्षमा बस्ने निर्णय गरेको छ । सरकारका रचनात्मक काममा जहिल्यैपनि सहयोग हुन्छ।’

























