कोशीका मुख्यमन्त्रीले पाए विश्वासको मत

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २, बुधबार १६:५८

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार विश्वासको मत पाएका छन् ।

दुईतिहाइ मतसहित उनले विश्वासको मत पाएका हुन् । मत विभाजनको प्रक्रियामार्फत मतदान हुँदा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो ।

नेकपा (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएनन् । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मत दिएनन् । प्रदेशसभा बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।

यसअघि कार्कीले वैशाख ३१ गते विश्वासको मत लिएका थिए । नेकपा (माओवादी केन्द्र)ले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पुनः कार्कीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।

कोशीमा ९३ जना प्रदेशसभा सदस्य छन् । नेकपा (एमाले)का ४०, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेशसभा सदस्य छन् ।

कोशी प्रदेशसभा अहिले एमाले र कांग्रेसको सरकार छ । केन्द्रमा पनि एमाले र कांग्रेसबीच गठबन्धन सरकार छ ।

 

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.