स्वास्थ्य क्षेत्रलाई नीतिगत र कानुनी हिसाबले सुधार गर्छौं : मुख्यमन्त्री कार्की

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ५, शनिबार १२:५९

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको स्वास्थ्य क्षेत्रलाई नीतिगत र कानुनी हिसाबले सुधार गरिने बताएका छन् ।

स्वास्थ्य क्षेत्रमा देखिएको समस्यालाई नीतिगत र कानुनी हिसाबले सुधार गरेर जान प्रदेश सरकार तत्पर रहेको उनको भनाइ छ । २४ औं राष्ट्रिय दन्त सम्मेलनको शनिबार विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले स्वास्थ्य क्षेत्रलाई सुधार गरेर अघि बढ्ने बताएका हुन् । उनले भने, ‘हामी नीतिगत र कानुनी हिसाबले सुधार गर्ने तयारीमा छौं ।’

प्रदेशमा स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न भिन्नै स्वास्थ्य ऐन ल्याउने प्रदेश सरकारको सोचाइ रहेको चर्चा गर्दै उनले स्वास्थ्य ऐनमार्फत प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले स्रोत साधनले भ्याएमा प्रदेशका अस्पतालमा पनि दन्त चिकित्सक राखिने बताए ।

नेपालमा रहेका दन्त चिकित्सक जनशक्तिहरूलाई विदेश पलायन हुनबाट रोक्न हाम्रा अस्पतालका सुधार र व्यवस्थापकीय क्षमतालाई बढाएर काम गर्नुपर्ने कार्कीले औंल्याएका छन् । सम्मेलनमा देशभरका करिब ३ सय दन्तचिकित्सक भेला भएका छन् ।

सम्मेलनमा १६ जना वरिष्ठ दन्तचिकित्सकले विविध प्रविधि र अहिलेको अवस्थाका बारेमा प्रस्तुति गर्ने तयारी छ । सम्मेलनबाट आगामी दिनमा गर्न सकिने काम, नयाँ प्रविधि र आमनागरिकलाई सचेतना जोगाउने विषयका साथै उपचारका सन्दर्भमा आएका नयाँ ‘केसस्टडी’ का विषयमा छलफल हुने आयोजकको भनाइ छ ।

सम्मेलनमा दाँतको उपचारमा प्रयोग गरिने मेसिन र विभिन्न प्रविधि सम्बन्धी उपकरणहरू समेत प्रदर्शन गरिएका छन् ।

तपाइको प्रतिक्रिया
इलामको टोड्केमा वार्षिक एक करोड २० लाखको टमाटर उत्पादन
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.