
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठ मिलेका छन् ।
आन्तरिक विवादका कारण फुटको संघारमा पुगेका नाउपाको संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष चौधरीबीचको विवाद मिलेको हो । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् ।
दुई नेताबीचको सहमति लगतै पार्टीको बैठक बोलाइएको छ । महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बैठक बोलाइएको हो ।
संयुक्त बैठक बोलाइएको सूचनामा ‘‘आपसी मतभेदलाई मत्थर पारी हामी भएका हौं र एक रहने छौं’, भन्ने सन्देशसहित रेशम र रञ्जिता दुबैले हस्ताक्षर गरेका छन् ।


























