अपडेट : कोशी ब्यारेजबाट खसेको बसका २० जनाको उद्दार

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १०, बिहीबार १८:५९

विराटनगर । सप्तकोशी नदीमा खसेको बसका २० जनाको उद्दार भएको छ । सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीका अनुसार बिहीबार साँझ कोशी ब्यारेजको पुलबाट बस नदीमा खसेको थियो ।

उक्त बससँगै नदीमा खसेका २० जनाको उद्धार गरिएको जानकारी उनले दिए । विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस साँझ करिब ६ः१० बजेतिर नदीमा खसेको थियो ।

कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट नदीमा खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको एसपी रेग्मीले बताए ।

‘२० जनालाई उद्धार गरेर उपचारका लागि पठाएका छौं, । मान्छे कति थिए भन्ने यकिन छैन,’ प्रहरी उपरीक्षक रेग्मीले भने ,‘बस नदीमै छ । थप उद्दारको कार्य जारी छ ।’ घटनाको अनुसन्धान पनि भइरहेको जानकारी उनले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.