रातको समयमा बस चलाउन रोक

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज ११, शुक्रबार ०८:५५

विराटनगर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शुक्रबार) र भोलि (शनिबार) रातको समयमा बस चलाउन रोक लगाएको छ ।

मुलुकका विभिन्न स्थानमा बिहीबारदेखि नै भीषण वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म चल्ने अनुमान छ । ४ दिनसम्म हुने भारी वर्षाका कारण निम्तिन सक्ने जोखिमलाई मध्यनजर गर्दै रात्रि बस चलाउन रोक लगाइएको हो । विपद्का घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा बस चलाउन नपाइने निर्णय गरेको थियो ।

बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी वर्षा भइरहेको मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ । प्राधिकरणले धान नकाट्न, काटिसकेको भए तत्काल थन्काउन, तराई तथा मधेस क्षेत्रमा भुइँतालमा अन्नपात नराख्न, पहिरो जोखिम भएका स्थानमा र नदी किनारा बस्तीमा उच्च सतर्कता अपनाउन र दाउरा निकाल्न तथा माछा मार्न नदी किनारामा नजान सूचना जारी गरेको छ ।

त्यस्तै, खोज तथा उद्धारका लागि ३ वटै सुरक्षा निकाय एवं स्वयंसेवकहरू तयारी अवस्थामा रहनुपर्ने प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतका निकाय परिचालित हुन्छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.