फर्किए ओली

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १४, सोमबार १६:३१

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार (आज) स्वदेश फर्किएका छन्।

अमेरिका भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेन, युएसएआइडीकी प्रमुख समान्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेशनकी सीइओ एलिस अल्ब्राइट र युएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनकी डेप्युटी सीईओ निशा बिस्वाललगायतसँग भेटवार्ता गरेका थिए। ती भेटहरूमा अमेरिका र नेपालबीचको बलियो द्विपक्षीय सम्बन्धका साथै नेपालको दिगो र समृद्ध भविष्य सुनिश्चित गर्ने विषयमा छलफल भएको थियो।

ओलीले संयुक्त राष्ट्रसंघको महासभामा पनि सम्बोधन गरेका थिए। त्यसक्रममा आयोजित विभिन्न छलफलमा पनि उनी सहभागी बने । प्रधानमन्त्री ओलीले जलवायु परिर्वतन, भूराजनीतिक द्वन्द्व र आर्थिक असमानताको सामना गर्न विश्वव्यापी एकताका लागि आह्वान गरेका थिए।

उनले विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न नेपाल तयार रहेको प्रतिबद्धता पनि जनाए । प्रधानमन्त्री ओलीले राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा सहयोग गर्न नेपाल सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

तर, प्रधानमन्त्री ओली विदेशमा रहेका बेला मुलुक भने बाढी, पहिरो र डुबानको चपेटामा परेको थियो । मुलुक प्राकृतिक विपद्ले संकटग्रस्त भएको बेला प्रधानमन्त्री विदेश भ्रमणमा रहेको भनेर चौतर्फी आलोचना भएको थियो । बाढी, पहिरो र डुबानमा परेर मुलुकले ठूलो क्षति बेहोरेको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.