केशलियाको कटान रोक्न अस्थायी बाँध

Share this
733shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १५, मंगलबार १६:३४

विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित केशलिया खोलाको कटान रोक्न अस्थायी बाँध निर्माण सुरु गरिएको छ ।

विराटनगर महानगरपालिकाले तटबन्ध निर्माण सुरु गरेको हो । जेसीबीको प्रयोग गरी नगर प्रहरी र सशस्त्र प्रहरीले बोरामा माटो हालेर तटबन्ध निर्माण गरिरहेका छन् ।

मौसम विभागले बुधबार र बिहीबार भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेपछि केशलियाको बाढी बस्तीमा नपसोस् भनेर तत्कालका लागि अस्थायी तटबन्ध निर्माण गरिएको हो । केही दिनअघि आएको अविरल वर्षाका कारण केशलियाको बाढी बस्तीमा पसेको थियो ।

कोशी प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय मन्त्रालयले खोलामा स्थायी तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले लागत इस्टिमेट तयार पार्न जल तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका इन्जिजियर अनिलकुमार महतोलाई खटाइसकेको छ ।

केशलियाको बाढीका कारण प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्रलगायतका क्षेत्र जलमग्न भएको थियो । विराटनगर–१२ मा महानगर आवास योजनाअन्तर्गत विपन्नका लागि घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.