बेलबारीमा कुलोमा डुबेर नाबालकको मृत्यु

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १६, बुधबार १४:३९

विराटनगर । मोरङको बेलबारी नगरपालिका–८ त्रिवेणीमा १ जना नाबालकको कुलोमा डुबेर मृत्यु भएको छ ।

सुरेश चौधरीका २ वर्षीय छोरा कात्तिक चौधरी घरनजिकै रहेको कुलोको पानीमा मृत फेला परेका हुन् । कुलोमा डुबेर नाबालकको मृत्यु भएको खबर प्रहरीले बुधबार बिहान १० बजेतिर प्राप्त गरेको थियो ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ । खेल्दै जाने क्रममा नाबालक कुलोमा डुबेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.