
विराटनगर । लोहन्द्रा खोलाले बगाएर मोरङको धनपालथानबाट १ जना युवक बेपत्ता भएका छन् ।
कटहरी गाउँपालिका–५ का १८ वर्षीय आशिष राजवंशी बेपत्ता भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार राजवंशीलाई धनपालथान गाउँपालिका–७ बाट लोहन्द्रा खोलाले दिउँसो ३ः४५ बजेतिर बगाएको थियो ।
पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । स्थानीयको सहयोगमा प्रहरीले खोजी गर्दा पनि राजवंशी फेला परेका छैनन् ।
राजवंशीको खोजीका लागि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काको नेतृत्वमा टोली परिचालन गरिएको छ । साँझसम्म फेला नपरेपछि टोली फर्किएको र शुक्रबार बिहानैबाट पुनः खोजी सुरु गरिने डीएसपी जोशीले बताए ।























