सुरुङभित्र लडेर घाइते भएका अरुण तेस्रोका मजदुरको मृत्यु

Share this
669shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १८, शुक्रबार १६:३४

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत परियोजनाका मजदुरको लडेर मृत्यु भएको छ ।

सुरुङभित्र काम गर्ने क्रममा लडेर घाइते भएका मजदुर भारतको गाँजीपुर फानाका ४५ वर्षीय श्याम सुन्दरको मृत्यु भएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले मुलुकी खबरलाई जानकारी दिए । जेपी कम्पनीको सुरुङभित्र काम गर्ने क्रममा यही असोज १३ गते राति १० बजेतिर लडेर उनी घाइते भएका थिए ।

गम्भीर अवस्थाका उनलाई संखुवासभामा सम्भव नभएपछि थप उपचारका लागि असोज १४ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । बीपीमा पनि सम्भव नभएपछि उनलाई त्यही दिन उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा शुक्रबार दिउँसो १ बजेतिर श्याम सुन्दरको मृत्यु भएको डीएसपी बस्नेतले बताए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी उनले दिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.