लोहन्द्रा खोलाले बगाएका युवक मृत फेला

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज १९, शनिबार १०:४९

विराटनगर । मोरङको धनपालथानबाट लोहन्द्रा खोलाले बगाएर बेपत्ता भएका १ जना युवक २ दिनपछि मृत फेला परेका छन् ।

कटहरी गाउँपालिका–५ का १८ वर्षीय आशिष राजवंशीको शव शनिबार बिहान ९ बजेतिर भेटिएको हो । राजवंशीलाई धनपालथान गाउँपालिका–७ बाट लोहन्द्रा खोलाले बिहीबार दिउँसो बगाएर बेपत्ता बनाएको थियो ।

घटनास्थलबाट करिब ४ किलोमिटर तल खोलामै शव फेला परेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार राजवंशी जहदा गाउँपालिका–४ सिसौबारीस्थित लोहन्द्रा खोलामा मृत फेला परेका हुन् ।

पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी जोशीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.