रंगेलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते

Share this
769shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २१, सोमबार १५:१७
ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको रंगेलीमा सोमबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

रंगेली नगरपालिका–१ स्थित भित्री सडक खण्डमा प्रदेश १–०४–००१ त १००४ नम्बरको ट्याक्टरले को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई दिउँसो १२ः३० बजेतिर ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टरले ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकलले पैदलयात्री धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाई ठक्कर दिएको थियो ।

ठक्करबाट उनी गम्भीर घाइते भएका छन् । दुर्घटनामा ऋषिदेवसहित मोटरसाइकल चालक धनपालथान–१ का ४५ वर्षीय रामबहादुर माझी थारु र पछाडि सवार उनकै पत्नी अन्दाजी ३६ वर्षीया मंगली चौधरी घाइते भएका थिए ।

घाइतेमध्ये गम्भीर अवस्थाका माझीको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले बताए । उनका अनुसार ऋषिदेवको अवस्था गम्भीर र चौधरीको सामान्य छ ।

दुवै जनाको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालक धनपालथान–४ का २० वर्षीय रविन मण्डललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी जोशीले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.